गजल
सारांश
बिजय तिमिल्सिना
सपना दरबारको बेरोजगार नै भए पनि
खल्ती खाली हुने मै मेरै मन छ धनी
उपहार कसैले दिने छैन न त स्याबासी
कि द्रव्यले किन्नु पर्छ कि त हजुर भनी
होचेको मुखमा सधै घोचो क्या उखान छ
गरिब कै घरमा बास बस्छ सधै साँडे सात शनि
जायज कहाँ जायज छ नाजायजको राज्यमा
म किन बौलाउछु यसरी सधै सत्य सत्य भनी
कुत्ताको पनि दिन आउछ भन्ने मात्रै हो
बिध्या कसम ओली, दहाल, देउवा हुन्छु अब म पनि
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया