गजल

Shikharkhabar Shikharkhabar
|
शनिबार, कार्तिक १५, २०७७
|
|
१९ पटक हेरिएको
Shares

सारांश

vijay timilsina बिजय तिमिल्सिना

सपना दरबारको बेरोजगार नै भए पनि
खल्ती खाली हुने मै मेरै मन छ धनी

उपहार कसैले दिने छैन न त स्याबासी
कि द्रव्यले किन्नु पर्छ कि त हजुर भनी

होचेको मुखमा सधै घोचो क्या उखान छ
गरिब कै घरमा बास बस्छ सधै साँडे सात शनि

जायज कहाँ जायज छ नाजायजको राज्यमा
म किन बौलाउछु यसरी सधै सत्य सत्य भनी

कुत्ताको पनि दिन आउछ भन्ने मात्रै हो
बिध्या कसम ओली, दहाल, देउवा हुन्छु अब म पनि

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?