चुनावमा भएको धाँधलीको छानवीन गर्न माग गर्दै महिलाले ओठ सिलाए

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आषाढ १९, २०७६
|
|
२२ पटक हेरिएको
Shares
चुनावमा भएको धाँधलीको छानवीन गर्न माग गर्दै महिलाले ओठ सिलाए

सारांश

  • बीबीसी।
  • अफगानिस्तानको राजधानी काबुलमा गत वर्ष भएको निर्वाचनमा धाँधली भएको भन्दै आन्दोलन गरिरहेकी एक महिला उम्मेद्वारले धाँधलीको विरोधमा राष्ट्रपति भवन अगाडि आफ्नो ओठ सिलाएर विरोध प्रदर्शन गरेकी छन्।
  • अफगानिस्तानको एक प्रान्तकी यी महिला गत वर्ष अक्टुबरमा भएको संसदीय निर्वाचनमा पराजित भएकी थिइन्।

बीबीसी। अफगानिस्तानको राजधानी काबुलमा गत वर्ष भएको निर्वाचनमा धाँधली भएको भन्दै आन्दोलन गरिरहेकी एक महिला उम्मेद्वारले धाँधलीको विरोधमा राष्ट्रपति भवन अगाडि आफ्नो ओठ सिलाएर विरोध प्रदर्शन गरेकी छन्। अफगानिस्तानको एक प्रान्तकी यी महिला गत वर्ष अक्टुबरमा भएको संसदीय निर्वाचनमा पराजित भएकी थिइन्।

एक महिला उम्मेद्वार डीभा नयाजीले मंगलबार आफ्ना पाँच समर्थकसहित ओठ सिलाएर प्रदर्शन गरेकी बीबीसीले जनाएको छ। बीबीसीसँग कुरा गर्दै डीभाले ओठ सिलाएर प्रदर्शन गर्नु आफ्नो बाध्यता र प्रताडनाको अन्तिम हद भएको बताएकी छन्। सरकारले देख्न र सुन्न छोडेपछि आफूले यस्तो विरोध गर्नु परेको उनको भनाइ थियो।

यी महिला विगत तीन महिलादेखि प्रदर्शन गरिरहेकी छन्। यी महिला उम्मेद्वारले गत वर्ष भएको संसदीय चुनावमा महिला उम्मेद्वारमाथि धाँधली भएको र आफूहरुलाई चुनाव हराउनेले धाँधली र घुस दिएर चुनावी नजिता आफ्नो पक्षमा पारेको आरोप लगाएका छन्। नयाजीले भनिन्–हामी अफगान महिला विगत तीन महिनादेखि धर्नामा बसेका छौं।

तर राष्ट्रपतिसँग हामीलाई भेट्ने तीन मिनेटको पनि समय छैन। राष्ट्रपतिले हाम्रो कुरा सुन्नुपर्छ। होइन भने हामी बाँचुन्जेलसम्म प्रदर्शनलाई जारी राख्छौं।’ धर्नामा बसेकी अर्की एक महिला उम्मेद्वार नजीबा फैज हेलमन्दीले मंगलबार विहान उनको आग्रहमा एक महिला डाक्टरले उनको र अन्य महिला उम्मेद्वारको ओठ सिलाइ दिएकी थिइन्।

नजीबाका अनुसार उनका अन्य नौ जना महिला सहकर्मीले भोक हड्ताल सुरु गरेका छन्। उनीहरुले आफूहरुको मागको विषयमा छानवीन गर्न एक कमिटी बनाउनुपर्ने माग गरेका छन्।
अर्की महिला उम्मेद्वार डा. जाहिदा फैजानले भनिन्–हामी यहाँ तीन महिनादेखि धर्नामा बसेका छौं। पहिला हामीले भोक हड्ताल गरेका थियौं।

तर राष्ट्रपतिका सल्लाहकार हमदुल्लाह मुहीबले हामीसँग भेटेर माग सम्वोधन गर्ने भन्दै भोक हड्ताल तोड्न लगाए। तर २५ दिन पूरा भइसक्दा पनि सरकारले हाम्रो माग पूरा नगरेपछि फेरि भोक अड्ताल सुरु गरेका हौं।’ सरकारले सम्बोधन नगरेसम्म आफ्नो आन्दोलन जारी रहने उनीहरुको भनाई छ । सरकारले सम्बोधन नगरेसम्म आफ्नो आन्दोलन जारी रहने उनीहरुको भनाई छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?