कपिलवस्तुमा ट्याक्टरको ठक्करवाट ८ वर्षिय वालकको मृत्यु

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, मंसिर ८, २०७४
|
|
३० पटक हेरिएको
Shares
कपिलवस्तुमा ट्याक्टरको ठक्करवाट ८ वर्षिय वालकको मृत्यु

सारांश

  • माधव बेल्वासे मंसिर ८ कपिलवस्तु कपिलवस्तुको शिवराज नगरपालिका ८ विसुनपुरमा ट्याक्टरको ठक्करवाट ८ वर्षिय वालकको मृत्यु भएको छ ।
  • धर्मनगर देखी विसुनपुर जादै गरेको लु ३ त २७४० नम्वरको ट्याक्टरले शिवराज नगरपालिका ६ मजिगवा वस्ने राजाराम तेलीका छोरा असरफी तेलीलाई ठक्कर दिदा वालकको घटना स्थलमै मृत्यु भएको वडा प्रहरी कार्यलय चन्द्रौटाले जनाएको छ ।
  • मृतक तेली साइकलको पछाडी वसेका थिए ।

माधव बेल्वासे
मंसिर ८ कपिलवस्तु
कपिलवस्तुको शिवराज नगरपालिका ८ विसुनपुरमा ट्याक्टरको ठक्करवाट ८ वर्षिय वालकको मृत्यु भएको छ ।

धर्मनगर देखी विसुनपुर जादै गरेको लु ३ त २७४० नम्वरको ट्याक्टरले शिवराज नगरपालिका ६ मजिगवा वस्ने राजाराम तेलीका छोरा असरफी तेलीलाई ठक्कर दिदा वालकको घटना स्थलमै मृत्यु भएको वडा प्रहरी कार्यलय चन्द्रौटाले जनाएको छ ।

मृतक तेली साइकलको पछाडी वसेका थिए । साइकल चालक उनका दाजु सामान्य घाइते भएका छन । ट्याक्टर प्रहरीको नियन्त्रणमा रहेको छ भने चालक भने फ्रहार रहेको र खोजी कार्य जारी रहेको वडा प्रहरी कार्यलय चन्द्रौटाका प्रहरी निरिक्षक झविन्द्र भट्टराईले जानकारी दिनुभएको छ ।
त्यस्तै मृतक वालको चिर शान्ती को कामना गर्दै पुर्व सांसद अभिषेक प्रताप शाहले १० हजार सहयोग गर्नुभएको छ ।परिवारको आर्थिक अवस्था कमजोर रहेको भन्दै शाहले सो सहयोग गर्नुभएको वताउनुभयो । शवलाई पोष्टमार्टको लागी शिवराज अस्पतालमा लगिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?