गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालको फार्मेसीमा तोडफोड
सारांश
- काठमाडाै, ४ साउन।
- गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालको फार्मेसीमा तोडफोड भएकाे छ ।
- सप्तरीको तिरहुत गाउँपालिकाका ‘बब्लु’ भनिने सञ्जय यादवको नेतृत्वमा आएको ५/७ जनाको समूहले तोडफोड गरको अस्पतालका इन्चार्ज सूर्यकान्त झाले बताए ।
काठमाडाै, ४ साउन। गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालको फार्मेसीमा तोडफोड भएकाे छ । सप्तरीको तिरहुत गाउँपालिकाका ‘बब्लु’ भनिने सञ्जय यादवको नेतृत्वमा आएको ५/७ जनाको समूहले तोडफोड गरको अस्पतालका इन्चार्ज सूर्यकान्त झाले बताए । झाका अनुसार यादवले अस्पताल परिसरमै नास्ता र फलफूलको पसल सञ्चालन गर्दै आएका छन्।
तोडफोडबाट कम्प्युटर, फर्निचर तथा १० हजार भन्दा बढी मूल्यका औषधि क्षतिग्रस्त्र हुन पुगेको छ। मदिरा सेवन गरी अस्पताल परिसरमा प्रवेश गरेको समुहले अन्धाधुन्द तोडफोड र कुटपिट गरेको बताइएकाे छ। घटनामा संलग्न यादव विरुद्ध जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिइएको इन्चार्ज झा ले बताए। उनले घटनामा संलग्नलाई कारबाही र पिडितलाइ उचित क्षतिपुर्ति समेत आफुले पाउनु पर्ने माग राखेका छन्।
प्रहरीका अनुसार उनको खोजि भइरहेको र निज लाई पक्राउ गर्ने टोलि समेत खटाई सकियको जिप्रका सप्तरी ले बताएको छ।
प्रतिक्रिया