गण्डकी धौलागिरी पेट्रोलियमकाे अध्यक्षमा गोगंजु चयन

Shikharkhabar Shikharkhabar
|
शनिबार, पौष ८, २०७४
|
|
२० पटक हेरिएको
Shares
गण्डकी धौलागिरी पेट्रोलियमकाे अध्यक्षमा गोगंजु चयन

सारांश

  • पोखरा, पुस ८ ।
  • गण्डकी धौलागिरी पेट्रोलियम डिलर्स एशोसियनको १२ औं अधिवेशनले राजन गोगजुको अध्यक्षतामा ११ सदस्यीय कार्यसमितिको चयन गरेको छ ।
  • एशोसियशनको शुक्रबार धम्पुसमा सम्पन्न अधिवेशनले कार्यसमितिको उपाध्यक्षमा मनकाजी क्षेत्री, महासचिवमा जीवन वहादुर क्षेत्री, कोषाध्यक्षमा नवराज थापा र उपमहासचिवमा मोहन सुवेदीलाई चयन गरेको हो ।

पोखरा, पुस ८ । गण्डकी धौलागिरी पेट्रोलियम डिलर्स एशोसियनको १२ औं अधिवेशनले राजन गोगजुको अध्यक्षतामा ११ सदस्यीय कार्यसमितिको चयन गरेको छ ।

एशोसियशनको शुक्रबार धम्पुसमा सम्पन्न अधिवेशनले कार्यसमितिको उपाध्यक्षमा मनकाजी क्षेत्री, महासचिवमा जीवन वहादुर क्षेत्री, कोषाध्यक्षमा नवराज थापा र उपमहासचिवमा मोहन सुवेदीलाई चयन गरेको हो ।

यसैगरी समितिको सदस्यहरुमा राम वसेल, नवराज पौडेल, हरिबावु सापकोटा, सुजन वराल र सुनिल केसी रहेका छन् ।

यसअघि २४ औं साधारण सभा तथा १२ औं अधिवेशनको उद्घाटन गर्दै, नेपाल आयल निगमका निमित्त कार्यकारी निर्देशक शुसील भट्टराईले बजारको आपूर्ति सहज बनाउन भण्डारण क्षमता ९० दिन पुर्याइने बताए । निमित्त कार्यकारी निर्देशकले प्रदेश स्तरमा भण्डारण क्षमता वृद्धिका लागि उपयुक्त स्थानको पहिचान गरिएको उल्लेख गर्दै, त्यसको कार्यान्वयनमा तिव्रता दिएको बताए ।

उनले विरगञ्जमा ग्यास डिपोमा भएको भिषण आगलागीबाट सबै पम्पहरुले सुरक्षण व्यवस्था मिलाउन निर्देशन दिए । निमित्त कार्यकारी निर्देशक भट्टराईले पेट्रोल पम्पहरुले अपनाएका सुरक्षण विधिका आधारमा वर्गिकरण गरेर सुरक्षा स्टीकर वितरण गरिनुपर्नेमा जोड दिए ।

पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसियनका द्धितिय उपाध्यक्ष कपिल अधिकारीले आयल निगमको डिपोबाट पेट्रोलियम पदार्थमा हुने नोक्सानीमा निगमले व्यवसायीलाई राहत दिनु पर्ने बताए ।

निगमका गगनगौडा डिपो प्रमुख नवविनोद पोखरेलले विगतको तुलनामा यस बर्ष पेट्रोलको आपूर्ति १६ प्रतिशत र डिजलको ५६ प्रतिशतले वृद्धि भएको बताए ।

एशोसियनका अध्यक्ष शुसील गौचनको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व अध्यक्ष रुद्र घले, निगमका निर्देशक वीरेन्द्र गोइतलगायतले बोलेका थिए ।

कार्यक्रममा पूर्वअध्यक्ष जगत बरालले स्वागत गरेका थिए भने सञ्चालन सचिव राजन गोगंजुले गरेका थिए ।

साधारणसभाले सचिव गोगंजु र कोषाध्यक्ष जनक नेपालको आर्थिक प्रतिवेदन समेत पारित गरेको थियो । कार्यक्रममा पूर्व अध्यक्ष डम्वर सि गुरुङ्ग र पेट्रोलियम कर्मचारी दुर्गा कडेललाई सम्मान गरिएको थियो ।

(sharonsteelerealestate.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मन्त्रीलाई फोन गर्दा ‘राँडाका छोराहरु’ भन्दै महिलाले तथानाम मुख छाडेपछि…
मन्त्रीलाई फोन गर्दा ‘राँडाका छोराहरु’ भन्दै महिलाले तथानाम मुख छाडेपछि…
विकास र समृद्धिका लागि राजनीतिक शक्ति एक हुुनुपर्ने : अध्यक्ष प्रचण्ड
विकास र समृद्धिका लागि राजनीतिक शक्ति एक हुुनुपर्ने : अध्यक्ष प्रचण्ड
देउसी भैलो खेल्न पाइँदैन
देउसी भैलो खेल्न पाइँदैन
आज महाशिवरात्रि पर्व : देशभर भगवान् शिवको पूजा आराधना गरी मनाईँदै
आज महाशिवरात्रि पर्व : देशभर भगवान् शिवको पूजा आराधना गरी मनाईँदै
पहिलो पटक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन
पहिलो पटक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन
महानिरीक्षक खनालले यसरी दिए काम नगर्ने अधिकृतलाई बर्खास्त गर्ने चेतावनी
महानिरीक्षक खनालले यसरी दिए काम नगर्ने अधिकृतलाई बर्खास्त गर्ने चेतावनी
विपद् व्यवस्थापनका पूर्वतयारीलाई प्रभावकारी बनाउन प्रधानमन्त्रीको निर्देशन
विपद् व्यवस्थापनका पूर्वतयारीलाई प्रभावकारी बनाउन प्रधानमन्त्रीको निर्देशन
सलमान खानले दिए यस्तो सझुाव, जन्मिए जुम्ल्याहा बच्चा
सलमान खानले दिए यस्तो सझुाव, जन्मिए जुम्ल्याहा बच्चा
वाम गठबन्धनको सरकार बनेपछि भ्रष्टाचार अन्त्य हुन्छ – नेता नेपाल
वाम गठबन्धनको सरकार बनेपछि भ्रष्टाचार अन्त्य हुन्छ – नेता नेपाल
हाम्रो आक्रोश नेतृत्व विहिन छ र लुट्नेलाई छुट छ ।
हाम्रो आक्रोश नेतृत्व विहिन छ र लुट्नेलाई छुट छ ।

तपाईंले छुटाउनुभयो कि?