चेपाङ र तामाङ बालबालिकाले पाए मुख्यमन्त्री अभिभावक

Shikharkhabar Shikharkhabar
|
बुधबार, बैशाख ५, २०७५
|
|
५८ पटक हेरिएको
Shares
चेपाङ र तामाङ बालबालिकाले पाए मुख्यमन्त्री अभिभावक

सारांश

  • हेटौँडा, ५ वैशाख, प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले आज तीन जना विद्यार्थीको अभिभावक बन्दै सामुदायिक विद्यालयमा भर्ना गरिदिनुुभएको छ ।
  • पश्चिम मकवानपुरको मनहरि गाउँपालिका–६ मा रहेको राष्ट्रिय मावि सुनाचुरीका दुई बालबालिका तथा महेन्द्र किरण माविका एक बालकलाई भर्ना गर्दै मुख्यमन्त्री पौडेललले भर्ना अभियानमा सहभागी हुनुभएको हो ।
  • विद्यालय जानबाट कोही पनि उमेर पुगेका बालबालिका नछुटून् भन्ने उद्देश्य नेपाल सरकारले शुरु गरेको अभियानअन्तर्गत मुख्यमन्त्री पौडेलले सुनाचुरीमा स्थानीय मनहरि–६ जोगीटारका ६ वर्षीय सञ्जीत ब्लोन तथा मनहरि गाउँपालिका–६ की ६ वर्षीय जेसिका प्रजालाई राष्ट्रिय मावि सुनाचुरीमा कक्षा १ मा भर्ना गरिदिनुभएको हो ।

हेटौँडा, ५ वैशाख, प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले आज तीन जना विद्यार्थीको अभिभावक बन्दै सामुदायिक विद्यालयमा भर्ना गरिदिनुुभएको छ ।

पश्चिम मकवानपुरको मनहरि गाउँपालिका–६ मा रहेको राष्ट्रिय मावि सुनाचुरीका दुई बालबालिका तथा महेन्द्र किरण माविका एक बालकलाई भर्ना गर्दै मुख्यमन्त्री पौडेललले भर्ना अभियानमा सहभागी हुनुभएको हो ।

विद्यालय जानबाट कोही पनि उमेर पुगेका बालबालिका नछुटून् भन्ने उद्देश्य नेपाल सरकारले शुरु गरेको अभियानअन्तर्गत मुख्यमन्त्री पौडेलले सुनाचुरीमा स्थानीय मनहरि–६ जोगीटारका ६ वर्षीय सञ्जीत ब्लोन तथा मनहरि गाउँपालिका–६ की ६ वर्षीय जेसिका प्रजालाई राष्ट्रिय मावि सुनाचुरीमा कक्षा १ मा भर्ना गरिदिनुभएको हो ।

मुख्यमन्त्री पौडेलले उनीहरुका लागि विद्यालय पोशाक, जुत्तादेखि स्कूल ब्याग, किताब तथा स्टेसनरी सामग्रीको समेत व्यवस्था गरिदिनुभएको छ । विद्यार्थी भर्नापछि बोल्दै मुख्यमन्त्री पौडेलले बालबालिकाले पढ्न पाउने अधिकारलाई सरकारले निकै गम्भीर ढंगबाट लिएको र प्रदेश नं ३ सरकारले पनि यो अभियानलाई महत्वपूर्ण रुपमा लिएको बताउनुभयो ।

शिक्षाबिना विकास र समृद्धि सम्भव नभएको भन्दै उहाँले शिक्षाको उज्यालोबाट सबै बालबालिका वञ्चित हुन नहुने धारणा व्यक्त गर्नुभयोे ।

कार्यक्रममा प्रतिनिधिसभा सांसद विरोध खतिवडा, प्रदेशसभा सांसदहरु जुनली श्रेष्ठ, ओम घलान, मनहरि गाउँपालिका अध्यक्ष एकाराज उप्रेती लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा प्रदेशसभा सांसद ओम घलानले सुनिल चेपाङलाई आफू अभिभावक बनेर भर्ना गर्नुभएको छ ।

मुख्यमन्त्री पौडेलले मनहरिकै महेन्द्रकिरण माविमा पुगेर सुमन चेपाङको पनि आफू अभिभावक बनेर भर्ना गर्नुभएको छ ।सांसद खतिवडाले पनि आफू अभिभावक बनेर विश्वास थोक्रा, जिल्ला समन्वस समितिका प्रमुख रघुनाथ खुलालले आर्यन विक, गाउँपालिका अध्यक्ष उप्रेतीले खुशी घिमिरे, वडा सदस्यहरु पुस्कर सुवेदी तथा रामप्रसाद ढकालले गंगा प्रजा र विक्रम थिङको अभिभावक बनेर विद्यार्थी भर्ना गर्नुभएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कर्णालीका ३० प्रतिशत परिवार मात्रै कृषिमा आत्मनिर्भर
कर्णालीका ३० प्रतिशत परिवार मात्रै कृषिमा आत्मनिर्भर
पुष्पा, केजिएफ र कान्ताराको रेकर्ड तोड्दै ‘हनुमान’ उत्तर भारतमा सुपरहिट
पुष्पा, केजिएफ र कान्ताराको रेकर्ड तोड्दै ‘हनुमान’ उत्तर भारतमा सुपरहिट
२४ वर्षिया यी महिला जसले यौनकर्मी बन्न संघर्ष गरिन्
२४ वर्षिया यी महिला जसले यौनकर्मी बन्न संघर्ष गरिन्
चितवन प्रहरीले भन्यो– रविलाई बयान सकेर हिरासतमै नलगी कास्की लगेका थियौं
चितवन प्रहरीले भन्यो– रविलाई बयान सकेर हिरासतमै नलगी कास्की लगेका थियौं
धरहरा सञ्चालन गरिहाल्नुपर्छ, धरहराको पार्किङ काठमाडौं महानगरपालिकाको होइन: प्रधानमन्त्री
धरहरा सञ्चालन गरिहाल्नुपर्छ, धरहराको पार्किङ काठमाडौं महानगरपालिकाको होइन: प्रधानमन्त्री
गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालको फार्मेसीमा तोडफोड
गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालको फार्मेसीमा तोडफोड
फुटपाथ खाली गर्न जारी गरिएको सुचनाको म्याद आज सकिदै,अटेर गरे सामाग्रीहरु जफत गरिने
फुटपाथ खाली गर्न जारी गरिएको सुचनाको म्याद आज सकिदै,अटेर गरे सामाग्रीहरु जफत गरिने
Steps to create a Marriage Work
युक्रेनलाई समर्थन गर्नबाट अमेरिका पछि हट्दैनः जो वाइडेन
युक्रेनलाई समर्थन गर्नबाट अमेरिका पछि हट्दैनः जो वाइडेन
इक्वेडरसँग आयोजक कतार पराजित
इक्वेडरसँग आयोजक कतार पराजित