बागी र वाम दुुबैलाई हराए कास्की कांग्रेसका विन्दुकुमार थापाले
सारांश
- पोखरा, २३ मसिंर – कास्कीको क्षेत्र नम्वर २ को प्रदेशसभा ख मा कांग्रेसका उम्मेदवार विन्दुकुमार थापा विजयी हुनुभएको छ ।
- थापाले १० हजार ७ सय २६ मत प्राप्त गर्नुभयो ।
- वाम गठबन्धनबाट उम्मेदवार माओवादी केन्द्रका कास्की इन्जार्च राजकाजी गुरुङले ९ हजार ९ सय २४ मत प्राप्त गर्नुभयो ।
पोखरा, २३ मसिंर – कास्कीको क्षेत्र नम्वर २ को प्रदेशसभा ख मा कांग्रेसका उम्मेदवार विन्दुकुमार थापा विजयी हुनुभएको छ ।थापाले १० हजार ७ सय २६ मत प्राप्त गर्नुभयो ।
वाम गठबन्धनबाट उम्मेदवार माओवादी केन्द्रका कास्की इन्जार्च राजकाजी गुरुङले ९ हजार ९ सय २४ मत प्राप्त गर्नुभयो । यो क्षेत्रमा कांग्रेस नेता नरेशशंकर पालिखेले स्वतन्त्र रुपमा बागी उम्मेदवारी समेत दिनुभएको थियो ।
बागी हुँदाहुँदै पनि थापाले ८ सय २ मतले जित्नुभयो । बालक चुनाव चिह्न लिएर चुनाव लडेका पालिखेले१ हजार ३ सय मत ल्याउनुभयो । कास्कीमा ३ वटा प्रतिनिधि सभा र ६ वटा प्रदेशसभा छन् ।मतगणना भैरहदाँ अरु सबै क्षेत्रमा वाम गठबन्धनका उम्मेदवार अगाडि छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया