गत आवको कामपाको राजस्व दश अर्ब २५ करोड

Shikharkhabar Shikharkhabar
|
बुधबार, श्रावण २४, २०८०
|
|
४६ पटक हेरिएको
Shares
गत आवको कामपाको राजस्व दश अर्ब २५ करोड

सारांश

  • काठमाडौँ ।
  • काठमाडौँ महानगरपालिकाले गत आर्थिक वर्ष २०७९/०८० मा रु दश अर्ब २५ करोड ४१ लाख राजस्व असुल गरेको छ ।
  • कामपाले गत आवको लागि रु दश अर्ब ४१ करोड लक्ष्य लिएको थियो ।

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले गत आर्थिक वर्ष २०७९/०८० मा रु दश अर्ब २५ करोड ४१ लाख राजस्व असुल गरेको छ । कामपाले गत आवको लागि रु दश अर्ब ४१ करोड लक्ष्य लिएको थियो । अघिल्लो आवको भन्दा गत आवमा आन्तरिक राजश्व लक्ष्य अनुसार नै उठेपनि कामपाले सङ्घ तथा प्रदेश सरकारबाट बाँडफाँट र अनुदानबाट आउने रकम कमी आउँदा समग्र राजस्व भने घटेको छ ।

आव २०७८/०७९ मा कामपाले दश अर्ब ४१ करोड राजस्व असुल गरेको थियो । अनुदान रकम कम भए पनि अछिल्लो आर्थिक वर्षको तुलनामा आन्तरिक आम्दानी एक अर्ब ३६ करोड बढी असुल भएको कामपा राजस्व विभागका प्रमुख धुव्र काफ्लेले जानकारी दिए । उनका अनुसार कामपाले आन्तरिक आम्दानी लक्ष्यभन्दा ५७ करोड बढी असुल गरेको हो ।

जसमा सबैभन्दा बढी बहाल करमा दुई अर्ब ५६ करोड असुल भएको छ, त्यस्तै सम्पत्ती करमा रु एक अर्ब आठ करोड, व्यवसाय करमा पनि ५८ करोड असुल भएको विभागका प्रमुख काफ्लेले बताए । त्यस्तै नक्शापास दस्तुरबाट  १० करोड ११ लाख भन्दा बढी राजस्व उठेको छ । स्रोतसाधनको हिसाबले सबैभन्दा बलियो कामपाले अघिल्लो वर्षको तुलनामा ३० प्रतिशतले बढी आन्तरिक राजस्व उठाएको हो ।

आव २०७८/०७९ मा जम्मा चार अर्ब ४६ करोड आन्तरिक राजस्व उठाउन सफल भएको कामपाले आव २०७९/०८० मा  पाँच अर्ब ८२ करोड राजस्व उठाउन सफल छ ।

कामपाले सम्पत्ति, घरजग्गा, बहाल, व्यवसाय मनोरञ्जनलगायत विभिन्न ३६ शीर्षकमा राजस्व असुल गर्दै आएको छ । अन्तर–सरकारी वित्त व्यवस्थापन ऐन, २०७४ मा मूल्य अभिवृद्धि कर तथा आन्तरिक अन्तः शुल्कबाट उठेको रकममध्ये ७० प्रतिशत केन्द्र सरकारलाई र १५/१५ प्रतिशत प्रदेश तथा स्थानीय तहलाई बाँडफाँट हुने व्यवस्था छ ।

गत आवमा बाँडफाँटबाट कामपाले एक अर्ब ८५ करोड पाएको छ राजश्व विभाग प्रमुख काफ्लेले भने,“अघिल्लो वर्षको तुलनामा  एक अर्ब ६८ करोड ९४ लाखले कमी हो । अघिल्लो वर्ष करिब तीन अर्ब  ५५ करोड प्राप्त गरेको थियो ।” 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पूर्वसभासद र पूर्वमेयरदेखि विदेशमा पढेका युवासम्म वीरगञ्जका भावी मेयरको चुनावी दौडमा’
पूर्वसभासद र पूर्वमेयरदेखि विदेशमा पढेका युवासम्म वीरगञ्जका भावी मेयरको चुनावी दौडमा’
नेकपामा पोलिटव्यूरो गठनले सकस, कहिले होला समाधान ?
नेकपामा पोलिटव्यूरो गठनले सकस, कहिले होला समाधान ?
लुगा सिउने कलले जीवन घिसार्दै भूकम्पपीडित अवाल
नेयमारको गोलमा ब्राजिलले जापानलाई हरायो
नेयमारको गोलमा ब्राजिलले जापानलाई हरायो
सिंचाई सचिव यादवको सम्मानसहित अन्त्येष्टि
सिंचाई सचिव यादवको सम्मानसहित अन्त्येष्टि
मदिरा ओसारपसार गर्ने भारतीयसहित छ जना पक्राउ
मदिरा ओसारपसार गर्ने भारतीयसहित छ जना पक्राउ
​एमाले नेताहरु मधेशमा केन्द्रित- ​१५ लाख तराईबासी जनता समेट्दै
​एमाले नेताहरु मधेशमा केन्द्रित- ​१५ लाख तराईबासी जनता समेट्दै
अमेरिका र युरोपमा रुसी कूटनीतिज्ञलाई देश निकाला गर्ने होडबाजी, रुसले भन्यो– उचित समयमा उचित जवाफ दिइने छ
अमेरिका र युरोपमा रुसी कूटनीतिज्ञलाई देश निकाला गर्ने होडबाजी, रुसले भन्यो– उचित समयमा उचित जवाफ दिइने छ
आईपीएल: शेन वाट्सनको शतकमा चेन्नर्इको शीर्ष यात्रा
आईपीएल: शेन वाट्सनको शतकमा चेन्नर्इको शीर्ष यात्रा
प्रचण्डले भने, ‘माओवादीले जति हार्नु थियो हारिसक्यो अब जित्ने बेला आएको छ’
प्रचण्डले भने, ‘माओवादीले जति हार्नु थियो हारिसक्यो अब जित्ने बेला आएको छ’