गरिमा धान लगाएका किसानलाई क्षतिपूर्ति
सारांश
- काठमाडौं।
- सरकारले गरिमा धानमा बाला नलागेपछि पीडित किसानलाई क्षतिपूर्ति दिने भएको छ।
- कृषि तथा पशुपंक्षी विकास राज्यमन्त्री रामकुमारी चौधरीले सो धानमा बाला नलागेपछि मारमा परेका किसानहरुलाई सरकारले क्षतिपूर्ति दिन लागेको जानकारी दिएका हुन्।
काठमाडौं। सरकारले गरिमा धानमा बाला नलागेपछि पीडित किसानलाई क्षतिपूर्ति दिने भएको छ। कृषि तथा पशुपंक्षी विकास राज्यमन्त्री रामकुमारी चौधरीले सो धानमा बाला नलागेपछि मारमा परेका किसानहरुलाई सरकारले क्षतिपूर्ति दिन लागेको जानकारी दिएका हुन्। शुक्रबार संघीय संसदको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा बोल्दै उहाँले सो बीउबीजन नेपालमा आयात गर्ने कम्पनीमार्फत किसानलाई क्षतिपूर्ति दिने गरी क्षतिको यकिन गर्न एक समिति पनि सरकारले गठन गरेको बताए। समितिले एक महिना भित्र दिएको प्रतिवेदनको आधारमा पीडित किसानलाई क्षतिपूर्तिको व्यवस्था गर्ने सरकारको तयारी छ।
दाङस्थित सनराईज एग्रीकल्चर रिसर्च सेन्टरले भारतको हैदराबादस्थित रिनोभा सिड साईन्स इन्डिया नामक कम्पनीबाट सो जातको धानको बीउ नेपाल भित्र्याई विक्रीवितरण गरेको थियो। तर यो धानमा समयमै बाला नलागेपछि किसानहरु मारमा परेका छन्। राज्यमन्त्री चौंधरीले सो धानको बीउ आयात गर्ने कम्पनी र भारतीय कम्पनीलाई पनि कार्वाहीको दायरामा ल्याउन सरकारले वीउबीजनसम्बन्धि कानुन संशोधन प्रक्रिया पनि अघि बढाएको जनाए।
बैठकमा बीउबीजन तथा गुण नियन्त्रण केन्द्रका अध्यक्ष मदन थापाले सो बीउ अर्कै जातको परेको अनुसन्धानले देखाएको उल्लेख गर्दै उनीहरुलाई कार्वाहीको दायरामा ल्याउनुपर्ने बताए। उनले सो धानको वाला लाग्ने, नलाग्ने अझै अनुसन्धानकै क्रममा रहेको पनि समितिलाई जानकारी गराए।
(Tramadol)
प्रतिक्रिया