विश्वकप क्वालिफायर : नेपालको विजयी शुरुआत

Shikharkhabar Shikharkhabar
|
मंगलबार, फाल्गुन ७, २०७५
|
|
५२ पटक हेरिएको
Shares
विश्वकप क्वालिफायर : नेपालको विजयी शुरुआत

सारांश

  • काठमाडौँ, ७ फगुन ।
  • अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) महिला विश्वकप छनोट क्रिकेटअन्तर्गत एशिया छनोटको पहिलो खेलमा नेपालले मलेशियालाई ३४ रनले पराजीत गरेको छ ।
  • थाइल्याण्डको बैंककस्थित ट्रेडथाई क्रिकेट मैदानमा १२७ रनको लक्ष्य पच्छ्याएको मलेशियाले पूरै ओभर खेल्दै सात विकेटको क्षतिमा ९२ रन मात्र बनाएपछि नेपालले ३४ रनको जित निकालेको हो ।

काठमाडौँ, ७ फगुन । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) महिला विश्वकप छनोट क्रिकेटअन्तर्गत एशिया छनोटको पहिलो खेलमा नेपालले मलेशियालाई ३४ रनले पराजीत गरेको छ ।

थाइल्याण्डको बैंककस्थित ट्रेडथाई क्रिकेट मैदानमा १२७ रनको लक्ष्य पच्छ्याएको मलेशियाले पूरै ओभर खेल्दै सात विकेटको क्षतिमा ९२ रन मात्र बनाएपछि नेपालले ३४ रनको जित निकालेको हो ।

मलेशियाका लागि क्रिस्टिना बर्थ र विनिफ्रेड दूरी सिङ्घमले समान २१÷२१ तथा सासा आज्मीले १६ रन बनाइन् । अन्य ब्याट्सम्यानले दोहोरो अङ्कको रन बनाउन सकेनन् । नेपालकी करुना भण्डारी र सरिता मगरले समान दुई÷दुई विकेट लिए । कविता कुँवर र सीता रानामगरले समान एक÷एक विकेट लिए ।

यसअघि टस जितेको नेपालले पहिलो ब्याटिङ गर्दै पाँच विकेटको क्षतिमा १२६ रन बनाएको थियो । नेपालका लागि शुरुआती ब्याट्सम्यान सीता रानामगरले ४२ रन जोडिन् । यस्तै कप्तान रुबिना क्षेत्रीले अविजित ३३ रन बनाइन् । त्यस्तै काजोल श्रेष्ठले १६, इन्दु बर्माले १३ र नेरी थापाले छ रन जोडिन् । मलेशियाका लागि दुराइ सिगम, शाशा आज्मी र जुमिका आज्मीले एक÷एक विकेट लिएका थिए । जितसँगै नेपालले एक खेलबाट दुई अङ्क जोडेको छ ।

दोस्रो खेल फागुन यही फागुन ९ गते थाइल्याण्डसँग, १० गते संयुक्त अरब इमिरेट्स (यूएई), फागुन १२ गते हङकङ, १३ गते चीन र १५ गते कुवेतसँग प्रतिस्पर्धा गर्नेछ । राउण्ड रोबिनका आधारमा हुने छनोटको विजेताले आइसिसी महिला टी–२० विश्वकप छनोट २०१९ प्रतियोगितामा छानिनेछ ।

एशिया छनोटमा नेपालसहित सात राष्ट्रले प्रतिस्पर्धा गर्नेछन् । छनोटमा नेपाल, थाइल्याण्ड, युएई, मलेशिया, कुवेत, चीन र हङकङ रहेका छन् । राउण्ड रोबिनका आधारमा हुने छनोटको विजेताले आइसिसी महिला टी–२० विश्वकपको ग्लोबल छनोटमा पुग्नेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

घुसआरोपी फिर्ता गर्नु कानुनसम्मत : सर्वोच्च
घुसआरोपी फिर्ता गर्नु कानुनसम्मत : सर्वोच्च
महान् फुटबलर पेलेको ८२ वर्षको उमेरमा निधन
महान् फुटबलर पेलेको ८२ वर्षको उमेरमा निधन
मूल्यवृद्धि फिर्ता लिन माग गर्दै वाम संगठनद्वारा आयल निगम घेराउ
मूल्यवृद्धि फिर्ता लिन माग गर्दै वाम संगठनद्वारा आयल निगम घेराउ
फिफा विश्वकप फुटबल-२०१८: यि हुन नयाँ नियमहरू !
फिफा विश्वकप फुटबल-२०१८: यि हुन नयाँ नियमहरू !
ओली-प्रचण्ड साँढे चार घन्टा वार्ता, सहमतिको सुत्र निर्माणको प्रयास
आइजिपी खनाललाई प्रहरी जवानकाे प्रश्न ‘के मेरो अपराध निर्मलाको हत्याको प्रमाण मेट्ने भन्दा ठुलो हो ?’
आइजिपी खनाललाई प्रहरी जवानकाे प्रश्न ‘के मेरो अपराध निर्मलाको हत्याको प्रमाण मेट्ने भन्दा ठुलो हो ?’
आज शनिबार, यस्तो छ तपाईंको राशिफल
आज शनिबार, यस्तो छ तपाईंको राशिफल
प्रेस स्वतन्त्रता मौलिक हकका रूपमा स्थापित भइसकेको छ : मन्त्री शर्मा
प्रेस स्वतन्त्रता मौलिक हकका रूपमा स्थापित भइसकेको छ : मन्त्री शर्मा
महिला व्रत बसेको दिन यौन सम्पर्क गर्न हुन्छ कि हुदैन ? जानी राखौ
महिला व्रत बसेको दिन यौन सम्पर्क गर्न हुन्छ कि हुदैन ? जानी राखौ
सधैँ जित्नुपर्छ जस्तो कहिले लागेन,अब हार्दैछु: उपेन्द्र देवकोटा