पत्नीलाई कुटेर मारेपछि पक्राउ
सारांश
- काठमाडौं ।
- पत्नीलाई कुटपिट गरी हत्या गरेको भन्दै एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।
- पत्नी मारेको अभियोगमा प्रहरीले तनहुँको शुक्लागण्डकी नगरपालिका–७ म्याराथन धारापानीका ४० वर्षीय श्रीराम श्रेष्ठलाई पक्राउ गरेको हो ।
काठमाडौं । पत्नीलाई कुटपिट गरी हत्या गरेको भन्दै एकजनालाई प्रहरीले पक्राउ गरेको छ । पत्नी मारेको अभियोगमा प्रहरीले तनहुँको शुक्लागण्डकी नगरपालिका–७ म्याराथन धारापानीका ४० वर्षीय श्रीराम श्रेष्ठलाई पक्राउ गरेको हो ।
श्रेष्ठलाई उनकी पत्नी ३५ वर्षीया फूलमाया नेपालीलाई कुटपिट गरी हत्या गरेको अभियोगमा पक्राउ गरिएको हो ।
श्रीरामले शुक्रबार रक्सी खाएर फूलमायालाई कुटपिट गरी हत्या गरेको प्रहरीले जनाएको छ ।
पत्नीको शवलाई घरदेखि करीब २० मिटर टाढा बारीमा लगी फालेको भेटिएको थियो । हत्या अभियोगमा पक्राउ परेका श्रीरामलाई तनहुँ जिल्ला अदालतबाट म्याद थप गर्ने तयारी भइरहेको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया