गाईघाटमा चोरीको घटना बढ्दो

Shikharkhabar Shikharkhabar
|
बुधबार, श्रावण २, २०७५
|
|
१७ पटक हेरिएको
Shares
गाईघाटमा चोरीको घटना बढ्दो

सारांश

  • अस्बिन खड्का उदयपुर, २ साउन ।
  • उदयपुर जिल्लाको सदरमुकाम गाइघाट बजारबाट बिहान करिब ४ बजेतिर मेनचोकमा नै रहेको कश्यप मोबाइल सेन्टरमा चोरी भएको छ ।
  • चोरको समूहले पसलको सर्टर फोरी पसलमा भएका सबै राम्रा अनि महङ्गा सबै मोबाइल चोरेका छन् ।

अस्बिन खड्का

उदयपुर, २ साउन । उदयपुर जिल्लाको सदरमुकाम गाइघाट बजारबाट बिहान करिब ४ बजेतिर मेनचोकमा नै रहेको कश्यप मोबाइल सेन्टरमा चोरी भएको छ । चोरको समूहले पसलको सर्टर फोरी पसलमा भएका सबै राम्रा अनि महङ्गा सबै मोबाइल चोरेका छन् ।

पसलका प्रोपाइटर कौशल दाहालका अनुसार सबै राम्रा कम्पनीका मोबाइल सेटहरु सबै चोरी भएका छन् । उनले करिब ४० लाख बराबरको मोबाइल चोरी भएको बताए । पसलमा सीसीटीभी क्यामरा रहेको भए तापनि सबै अपरिचित अनुहारका मानिसहरु भएकाले चिन्न नसकिएको बताए ।

गाईघाट बजारभित्र नै एक साताअघि मात्रै चोरहरुले मनिट्रान्सफर पनि फोरेका थिए । उक्त घटना सीसीटीभीमा देखिए पनि चोर पत्ता लगाउन सकिएको छैन । यसरी चोरीका घटना बढ्न थालेपछि ब्यबसायीहरुमा डर तथा आतंक बढेको छ । गाइघाट बजारभित्र सबैजसो ठाउँमा सीसी क्यामरा जडान भए पनि यसरी चोरी को घटना बढ्नुलाई ब्यबसायीहरुले आफूहरुलाई असुरक्षा भएको दाहालले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?