गान्धीका बारेमा के सोच्छन् उनका पाँचौँ पिढी
सारांश
- बीबीसी।
- आज मोहनदास करमचन्द गान्धीको १५० औं जन्म जयन्ती हो।
- उनी महात्मा बने, प्रेमपूर्वक बापू पनि भनिए र अन्तिममा उनलाई राष्ट्रपिताको सम्मान पनि प्राप्त भयो।
बीबीसी। आज मोहनदास करमचन्द गान्धीको १५० औं जन्म जयन्ती हो। उनी महात्मा बने, प्रेमपूर्वक बापू पनि भनिए र अन्तिममा उनलाई राष्ट्रपिताको सम्मान पनि प्राप्त भयो।
गान्धी अहिंसा र सत्याग्रहका पैगम्बर थिए। अंग्रेज शासनलाई घुँडा टेकाउने गान्धीको जन्म दक्षिण अफ्रिकामा भएको थियो। आज भारतमा शायदै कमै मानिसलाई मात्रै थाहा होला दक्षिण अफ्रिकामा जहाँ गान्धीको आफ्नो जवानीको २१ वर्ष बिताए, त्यहाँ उनको बिरासत बाँकी छ कि छैन? गान्धीको नाम दक्षिण अफ्रिकामा लिइन्छ कि लिइँदैन?
केही समय पहिला हामी यही विषय बुझ्न हामी भारतबाट दक्षिण अफ्रिका आयौं। डरबन र जोहनसबर्ग जस्तो ठूला सहरमा गान्धीलाई बिर्सिन सजिलो छैन। यहाँका ठूला सडकमा पनि गान्धीको नाम जोडिएको छ। गान्धीको सालिक राखिएको छ र, उनको नाममा संग्राहलय बनाइएको रहेछ।
गान्धी १८९३ मा दक्षिण अफ्रिका आएका थिए र १९१४ मा सधैंका लागि भारत फर्किए। शायद यो विषयमा इतिहासकारको पनि सहमति होला, दक्षिण अफ्रिकामा गान्धीको सबैभन्दा मुख्य बिरासत डरबनको फीनिक्समा छ, जहाँ भारतीय मुलका मानिसको सबैभन्दा ठूलो बस्ती छ।
फीनिक्स सेटलमेन्टमा गान्धीले १९०३ मा १०० एडक जमीनमा एक आश्रम बनाउन सुरु गरेका थिए। जहाँ, उनकी नातिनी इला गान्धीका अनसार गान्धीको व्यक्तित्वमा निकै परिवर्तन आउन थाल्यो।
सत्याग्रहको सोच लिएर सामुहिक भोक हड्ताल, आफ्नो काम आफैँ गर्ने सल्लाह र पर्यावरण सम्बन्धी कदम जस्ता विचार फीनिक्स सेटलमेन्टको गान्धीको आश्रमका जन्मिए र हुर्किए। गान्धी यो देशमा एक ब्यारिस्टरको हैसियतमा सुट र टाइ लगाएर आएका थिए। उनका नजिकका साथीमा गोरा नस्ल र भारतीय मुलका मानिस धेरै थिए। भनिन्छ, आश्रममा बस्नु पहिला उनको जीवन शैली अंग्रेजको जस्तो थियो। उनी खाना काँटा र चम्चाले खान्थे।
उनी काला जातिका स्थानीयसँग टाढै बस्थे। त्यही कारण केही आलोचक उनलाई रेसिस्ट पनि भन्छन्। तर ७८ वर्षीया उनका नातिनी इला गान्धीका अनुसार गान्धी जतिबेला दक्षिण अफ्रिका गएका थिए त्यतिबेला उनको उमेर मात्र २४ वर्षको थियो। बेलायतमा कानुनको पढाइ त गरे तर व्यवहारिक जीवनमा पूर्ण रुपमा दकम राखेनन्। इला गान्धीको जन्म यही आश्रममा १९४० मा भएको थियो। र उनको बाल्यकाल पनि आश्रममै बितेको थियो। मुशलधारे वर्षाकाबीच पनि उनी गाडी चलाएर हामीसँग भेट्न आएकी थिइन्। हामीले गान्धी विरुद्ध जातीय भेदभावको आरोपमा विषयमा उनलाई सोध्यौं। जवाफ यस्तो थियो–बापूका त्यो युवा उमेरका एक दुई भाषणलाई विषयान्तर गरेर मानिसले हेर्ने काम गरे। र मानिसलाई के भ्रम पर्यो भने उनको बिचार जातीय भेदभाव गर्ने जस्तो छ।’
आफ्नो कुरा सकिएपछि उनले हामीलाई आश्रमको त्यो कोठमा लिएर गइन् जहाँ कुनै जमानामा गान्धी परिवारको भान्सा घर थियो। तर, अहिले यो पूर्णरुपमा संग्राहलय बनेको छ। उनले भित्तामा राखिएका गान्धीका केही भनाइतर्फ इशारा गर्दै भनिन्–हेर्नुस् यही बयानका कारण बापूलाई रेसिस्ट भनिएको हो। तर योसँग एक दुई अर्कै बयान पनि हेर्नु भयो भने थाहा हुन्छ उहाँ जाति पाति केही पनि मान्नुहुन्न थियो।’ इला गान्धी गान्धीका चार छोरामध्ये माइला छोरा मणिलाल गान्धीकी छोरी हुन्। उनी आज एक सामाजिक कार्यकर्ता र गान्धीकी शिष्या पनि हुन्। उनी एक रिटायर्ड प्रोफेसर पनि हुन् र पूर्व सांसद पनि।
इला गान्धीले (जो सात वर्षको उमेरदेखि बापूको काखमा खेलिसकेकी छन्) गान्धीको शान्ति मिशनको चिराग दक्षिण अफ्रिकामा एक्लै जिवित राखेकी छन्। आफ्नो मृत्युभन्दा पहिला उनकी दिदी सीता धुपेलियाले गान्धीको विचारको प्रचार–प्रसार गर्थिन्। उनकी छोरी कीर्ति मेनन र छोरा सतीश गान्धी परिवारका चौथा पिढी हुन्। हाम्रो भेट कीर्ति मेननसँग भयो, जसले भारतमा बढदो हिंसा र विभाजित हुँदै गएको समाजप्रति दुख प्रकट गरिन्। गान्धीको स्थायी विरासतमा सहभागी छन्, उनका परिवारका नयाँ पिढी। हाम्रो भेट गान्धी परिवारको पाँचौं पिढीसँग पनि भयो।
यो पिढी दक्षिण अफ्रिकाको डरबन, केप टाउन र जोहनसबर्ग जस्ता शहरमा बस्छन्। यी मध्ये तीन युवासँग हाम्रो भेट डरबनमा कीर्ति मेननको घरमा भयो। उनीहरुका विषयमा स्कुलका पाठ्यपुस्तकमा गरिएको छैन। उनीहरुको तस्वीर शायद तपाइँहरुले देख्नु भएको छैन। किनभने उनीहरु मिडियाको चमक–दमकबाट कोसौं टाढा छ। यो साधारण जीवन बिताइरहेका छन् र आफ्नो जीवनमा सन्तुष्ट देखिएका छन्। तीनै जनामा केही विषय समान छन्। उनीहरु आत्मविश्वासले भरिएका छन्। निकै राम्रो बोल्छन्। गान्धी परिवारको सन्तान भएका कारण आफ्नो विरासतको गलत प्रयोग गर्ने कोशिश गर्दैनन्। र सही र सटिक कुरा गर्न डराउँदैनन् पनि।
कबीर धुपेलिया २७ वर्षका भए र डरबनको एक बैंकमा काम गर्छन्। उनकी दिदी मिशा धुपेलिया उनीभन्दा दश वर्ष जेठी छन्। उनी एक स्थानीय रेडियो स्टेशनमा एक कम्युनिकेशन प्रमुख छन्।
यी दुवै कीर्ति मेननका भाइ सतीशका सन्तान हुन्। यी दुवैका काकाकी छोरी सुनीता मेनन एक पत्रकार हुन्। उनी कीर्ति मेननकी एकमात्र सन्तान हुन्। चश्मा र हल्का दाह्रीमा कबीर एक बुद्धिजीवी जस्तै देखिन्छन्। मिशा आफ्नो उमेरमा निकै सानो देखिन्छन्। तर, कुरा निकै समझदारी पूर्ण गर्छिन्। सुनीता आफ्नो कामलाई निकै गम्भीरता पूर्वक लिन्छिन्। उनीहरु आफूलाई भारतीय महशुस गर्छन् की दक्षिण अफ्रिकी? यो प्रश्नमा कबीर एकै सासमा भन्छन्–हामी दक्षिण अफ्रिकी हौं।’ मिशा र सुनीताका अनुसार उनीहरु पहिला दक्षिण अफ्रिकी हुन् अनिमात्र भारतीय मुलका। उनीहरु बापूका माइला छोरा मणिपाल गान्धीको सन्तान हुन्।
गान्धी १९१४ दक्षिण अफ्रिकाबाट भारत फर्किएका थिए। मणिपालपनि सँगै भारत फर्किका थिए। तर, केही समयपछि गान्धीले उनलाई डरबन पठाए। गान्धीले १९०३ मा डरबन नजिकैको फीनिक्स सेटलमेन्टमा एक आश्रम बनाएका थिए, जहाँबाट उनले ‘इंडियन ओपिनियन’ नामको पत्रिका प्रकाशित गर्थे। मणिपाल १९२० मा यो पत्रिकाका सम्पादक बने। र, १९५४ मा आफ्नो निधन हुँदासम्म यो पदमा बसिरहे। यी युवालाई के कुरामा गर्व छ भने गान्धी भारतका राष्ट्रपिता हुन्। र, विश्वभरमा उनलाई अहिंसा र सत्याग्रहको गुरु मानिन्छ। कबीर भन्छन्–उहाँ आफ्नो विचारमा कसरी शान्तिपूर्ण रुपमा डटिरहनु भयो भन्ने कुराले म निकै प्रभावित छु। जुन कुरा आज देख्न पाइँदैन।’
प्रतिक्रिया