तीन महीनामा भित्रियाे आठ अर्बको सवारीसाधन !

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आश्विन २५, २०७५
|
|
३५ पटक हेरिएको
Shares
तीन महीनामा भित्रियाे आठ अर्बको सवारीसाधन !

सारांश

  • वीरगञ्ज, २५ असोज ।
  • दशैँ, तिहार र छठ पर्वलाई लक्ष्य गरी व्यापारीले चालू आवको साउनदेखि असोज १५ गतेसम्म भारत तथा तेस्रो मुलुकबाट रु आठ अर्ब २८ करोड १८ लाख बराबरका सवारीसाधन नेपाल भित्र्याएका छन् ।
  • भारत तथा तेस्रो मुलुकबाट सवारीसाधन नेपाल भित्रिएपछि वीरगञ्ज भन्सार कार्यालयलाई कूल राजश्वको ४० प्रतिशत ती सवारीसाधनबाट उठ्को भन्सार अधिकृत सन्तोष यादवले जानकारी दिए ।

वीरगञ्ज, २५ असोज । दशैँ, तिहार र छठ पर्वलाई लक्ष्य गरी व्यापारीले चालू आवको साउनदेखि असोज १५ गतेसम्म भारत तथा तेस्रो मुलुकबाट रु आठ अर्ब २८ करोड १८ लाख बराबरका सवारीसाधन नेपाल भित्र्याएका छन् । भारत तथा तेस्रो मुलुकबाट सवारीसाधन नेपाल भित्रिएपछि वीरगञ्ज भन्सार कार्यालयलाई कूल राजश्वको ४० प्रतिशत ती सवारीसाधनबाट उठ्को भन्सार अधिकृत सन्तोष यादवले जानकारी दिए । चालू आवको साउनदेखि असोज १५ गतेसम्ममा भारत तथा तेस्रो मुलुकबाट ५१ हजार ६८० थान मोटरसाइकल तथा अटोरिक्सा, एम्बुलेन्स, ट्र्याक्टर, जीप, कार, भ्यान, विद्युतीय गाडी, बस, मिनीबस तथा माइक्रोबस नेपाल भित्रिएको छ । नेपाल भित्रिने सवारीसाधनमा ९० प्रतिशत भारतबाट तथा १० प्रतिशत तेस्रो मुलुकबाट रहेको छ ।

यसैगरी आव २०७४÷७५ को साउनदेखि असोज १५ गतेसम्ममा भारत तथा तेस्रो मुलुकबाट रु ६ अर्ब ८६ करोड १२ लाखको ५० हजार ८५६ थान सवारीसाधन नेपाल भित्रिएको थियो । मूल्य वृद्धि, करको दायरा फराकिलो हुनु तथा माग बढी भएकाले यस वर्ष सो अवधिमा गाडीको सङ्ख्या र रकम बढ्न गएको भन्सार अधिकृत यादवले बताए ।

सरकारले चालू आवदेखि खरीद गरिएको गाडीको मूल्यको ८० प्रतिशत भन्सार महशुल, ६० प्रतिशत अन्तःशुल्क र १३ प्रतिशत मूल्य अभिवृद्धि कर लिने गरेको छ । बिक्रेताले गाडीको बुकिङ र राजश्व बुझाउने काम समयमै नगरेपछि नेपालतर्फको आइसिपी, सुख्खा बन्दरगाह र भारत रक्सौलको पन्टोका क्षेत्रमा हुन्डाई, मारुती, सुजुकी, फोर्ड महिन्द्रा, निशान, रिनल्ट, नेकशन, टाटा, टोयटा, मर्सिडिजलगायत जीप, कार, भ्यान, पिकअप, ट्रक, टिपर, मिनीबस, ट्र्याक्टरलगायत सवारीसाधन रोकिएका छन् ।

भारत तथा तेस्रो मुलुकबाट आयात गरिएका गाडी नेपाल–भारत दुवैतर्फ गरी दुई हजार ५०० भन्दा बढी सवारीसाधन रोकिएका छन् । दशैँ, तिहार र छठमा बिक्रेताले विभिन्न प्रकारको उपहार योजना राख्ने तथा माग पनि बढ्न गएकाले बिक्री बढ्ने हुँदा वीरगञ्ज नाकाबाट ठूलो परिमाणमा सवारीसाधन नेपाल भित्रिने गरेको हो । सङ्घीय सरकारले वीरगञ्ज भन्सार कार्यालयलाई आव २०७५÷७६ मा रु १७१ अर्ब राजश्व उठाउने लक्ष्य दिएको छ ।

(https://www.spinabifida.net/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपालगन्ज डुवानमा, स्थानीय भन्छन ‘मेयर, उपमेयर साब डुङ्गा चढेर अनुगमनमा  अाउनुहाेस’
नेपालगन्ज डुवानमा, स्थानीय भन्छन ‘मेयर, उपमेयर साब डुङ्गा चढेर अनुगमनमा अाउनुहाेस’
कांग्रेसको घोषणापत्रमा एमाले अध्यक्ष ओलीलाई किन यस्तो भनियो ?
कांग्रेसको घोषणापत्रमा एमाले अध्यक्ष ओलीलाई किन यस्तो भनियो ?
आफ्नो जिल्लाका जनप्रतिनिधिको गुनासो र सुझाव सुनेर फर्किए सभामुख महरा
आफ्नो जिल्लाका जनप्रतिनिधिको गुनासो र सुझाव सुनेर फर्किए सभामुख महरा
एक थान पेस्तोल र पाँच राउन्ड गोली बरामद
एक थान पेस्तोल र पाँच राउन्ड गोली बरामद
सेवाग्राही भन्दा विचौलियाबाट आएको कामलाई प्राथमिकता !
सेवाग्राही भन्दा विचौलियाबाट आएको कामलाई प्राथमिकता !
पति पारस शाहको राम्रा र नराम्रा बानीहरुको भेद यसरी खोलिन हिमानीले !
पति पारस शाहको राम्रा र नराम्रा बानीहरुको भेद यसरी खोलिन हिमानीले !
बिजुली गाडी चार्ज गर्न कति खर्च लाग्छ ?
बिजुली गाडी चार्ज गर्न कति खर्च लाग्छ ?
बाबुरामको प्रचार सामाग्री र १ लाख नगदसहित ५ कार्यकर्ता पक्राउ
बाबुरामको प्रचार सामाग्री र १ लाख नगदसहित ५ कार्यकर्ता पक्राउ
डब्लूएचओद्वारा कोरोनालाई महामारीको संज्ञा दिँदै, ठोस कदम चाल्न आग्रह
डब्लूएचओद्वारा कोरोनालाई महामारीको संज्ञा दिँदै, ठोस कदम चाल्न आग्रह
रेशम चौधरीकाे बचाउमा बाेले महताे ‘आरोप लाग्दैमा कोही अपराधी हुँदैन ।’
रेशम चौधरीकाे बचाउमा बाेले महताे ‘आरोप लाग्दैमा कोही अपराधी हुँदैन ।’

तपाईंले छुटाउनुभयो कि?