गाईघाट–दिक्तेल सडक अवरुद्ध, सडक खुलाउन स्कूलका हेड सर नै बाधक

Shikharkhabar Shikharkhabar
|
सोमबार, आषाढ ३२, २०७५
|
|
५० पटक हेरिएको
Shares
गाईघाट–दिक्तेल सडक अवरुद्ध, सडक खुलाउन स्कूलका हेड सर नै बाधक

सारांश

  • अस्बिन खड्का उदयपुर, ३२ असार ।
  • गाईघाट–दिक्तेल सडक योजना अन्तर्गतको गाईघाटबाट ४० किलोमिटरको दूरीमा रहेको त्रियुगा नगरपालिका–१५ को रातामाटामा गएको पहिरोले सडक अवरुद्ध भएको आज १५ दिन नाघिसकेको छ ।
  • आधा महिना बितिसक्दा पनि सो बाटो खुलाउनेतर्फ कसैले पहल नगरेको त्रियुगा नगरपालिका– ३ का कैलाश राउतले बताए ।

अस्बिन खड्का

उदयपुर, ३२ असार । गाईघाट–दिक्तेल सडक योजना अन्तर्गतको गाईघाटबाट ४० किलोमिटरको दूरीमा रहेको त्रियुगा नगरपालिका–१५ को रातामाटामा गएको पहिरोले सडक अवरुद्ध भएको आज १५ दिन नाघिसकेको छ । आधा महिना बितिसक्दा पनि सो बाटो खुलाउनेतर्फ कसैले पहल नगरेको त्रियुगा नगरपालिका– ३ का कैलाश राउतले बताए ।

उक्त बाटोमा पहिरो झरेकोले त्यसलाई पन्छाउन र यातायात सेवा सुचारु गर्न सरोकारवाला निकायहरु असफल देखिएको छन् । यो कुरा चर्चामा आउन थालेपछि गाईघाट–दिक्तेल सडक योजना पुग्दा योजनाका इन्जिनियरहरुले पहिरो नहटाउनुको अर्कै रहस्य खोलेका छन् ।

पहिरो गएको ठाउँभन्दा केही माथि रहेको श्री शंकाली आधारभूत स्कूलका प्रधानाध्यापक कृष्ण केसीले पहिरो हटाउन नदिएको तथ्य खुलेको छ । प्रधानाध्यापक केसीले आफूसहित गाउँका केही मानिसलाई सो बाटो खोल्न नदिने भन्दै राजमार्ग नै अवरुद्ध गरेका रहेछन् । उक्त ठाउँसम्म मात्र यातायात चल्दा त्यो ठाउँका १÷२ वटा घरका पसल पनि चल्ने र उनी पनि सोही पसलमा बसेर ठेकेदारहरुसँग गाउँका मानिसलाई मिलाइदिन्छु भन्दै पठाउन छोडेर ठेकदारसँग सो पहिरो आफूले मात्र हटाउन सक्ने भएकाले ठेक्का आफूलाई नै दिनुपर्ने तर्क गर्दै आएका छन् ।

सडक अवरुद्ध हुँदा पीडित भएका ट्रेक्टर धनी राम लिम्बुले आफ्नो ट्रयाक्टर बीचमा फसेको १५ दिन भइसक्दा पनि पहिरो हटाउन बाधक बनेको आरोप लगाए । उनले साइडबाट समेत आफ्नो गाडी निकाल्न नदिएको गुनासो गरे ।

(Xanax Online)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चुमभ्यालीबाट बिदाई गरियो प्रकाशलाई, कति दिए साहुले पैसा ?
चुमभ्यालीबाट बिदाई गरियो प्रकाशलाई, कति दिए साहुले पैसा ?
कोरोना संक्रमणबाट आज मृत्यु भएका २२ जना को को (विवरणसहित)
कोरोना संक्रमणबाट आज मृत्यु भएका २२ जना को को (विवरणसहित)
आत्मसमर्पण गरे २० प्रतिशत कैद मिनाहा
आत्मसमर्पण गरे २० प्रतिशत कैद मिनाहा
तीनवटै राप्रपालाई एक बनाएर राजसंस्था र हिन्दुराष्ट्र कायम गराउने अभियानमा
तीनवटै राप्रपालाई एक बनाएर राजसंस्था र हिन्दुराष्ट्र कायम गराउने अभियानमा
मूख्यमन्त्रीका लागि सासंद खरिदको सम्भावना बढ्यो  !
मूख्यमन्त्रीका लागि सासंद खरिदको सम्भावना बढ्यो !
कांग्रेस जिल्ला सभापतिहरुको दुई दिने बैठक सम्पन्न
कांग्रेस जिल्ला सभापतिहरुको दुई दिने बैठक सम्पन्न
के साउदी अरबका राजकुमार सलमानको अन्त्य यही हो?
के साउदी अरबका राजकुमार सलमानको अन्त्य यही हो?
२१६ जना कोरोना संक्रमित थपिए शनिवार काठमाडौँमा
गोंगबु हत्या प्रकरण ‘फेसबुकमा नग्न तस्बिर सार्वजनिक गरी ब्ल्याकमेल गर्न थालेपछि हत्या’
गोंगबु हत्या प्रकरण ‘फेसबुकमा नग्न तस्बिर सार्वजनिक गरी ब्ल्याकमेल गर्न थालेपछि हत्या’
डेढ वर्षमा  ९४ गुनासा : धुलोमुक्त काठमाडौँ बनाउन आग्रह
डेढ वर्षमा ९४ गुनासा : धुलोमुक्त काठमाडौँ बनाउन आग्रह