गीत, सङ्गीत र नृत्यको उत्पत्ति नेपालमै भएको हो : अध्यक्ष ओली

Shikharkhabar Shikharkhabar
|
मंगलबार, चैत्र २८, २०७९
|
|
३२ पटक हेरिएको
Shares
गीत, सङ्गीत र नृत्यको उत्पत्ति नेपालमै भएको हो : अध्यक्ष ओली

सारांश

  • काठमाडौं ।
  • नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले गीत, सङ्गीत र नृत्यको उत्पत्ति नेपालबाट भएको बताएका छन् ।
  • ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’ शोका लागि विश्वका ५२ भन्दा बढी देशबाट छानिएर आएका नेपालीभाषी प्रतिभासँग मंगलबार आफ्नो निवास बालकोटामा अन्तरक्रियाका क्रममा उनले भने, “गीत, सङ्गीत र नृत्यको उत्पत्ति नेपाली भूमिमा भएको हो, गीत, सङ्गीत कला, सम्पदा आदिमा हाम्रो इतिहास सत्ययुगदेखिकै हो ।

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले गीत, सङ्गीत र नृत्यको उत्पत्ति नेपालबाट भएको बताएका छन् ।

‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’ शोका लागि विश्वका ५२ भन्दा बढी देशबाट छानिएर आएका नेपालीभाषी प्रतिभासँग मंगलबार आफ्नो निवास बालकोटामा अन्तरक्रियाका क्रममा उनले भने, “गीत, सङ्गीत र नृत्यको उत्पत्ति नेपाली भूमिमा भएको हो, गीत, सङ्गीत कला, सम्पदा आदिमा हाम्रो इतिहास सत्ययुगदेखिकै हो ।”

अध्यक्ष ओलीले गीत सङ्गीत मात्र नभएर ज्ञान र शिक्षाको उद्गमस्थल पनि नेपाल नै भएको धारणा राखे। उनले ज्ञान, शिक्षा, सम्पदा तथा वैदिक परम्परामा हामी विश्वमै अरु देशभन्दा अघि रहेका उदाहरण पनि प्रस्तुत गरे । 

इन्ट्रा–नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसन अफ अमेरिकाको आयोजनामा विश्वभरका नेपालीलाई लक्षित गरेर आयोजना गरिएको यो गायन र नृत्यसम्बन्धी प्रतियोगिता अहिलेसम्मकै सबैभन्दा धेरै पुरस्कार राशिको हो । गायन र नृत्य प्रतियोगितामा छानिएकामध्ये प्रथम हुनेले जनही रु एक करोड, दोस्रो हुनेले रु ३० लाख र तृतीय हुनेले रु २० लाख पुरस्कार प्राप्त गर्नेछन् ।

ओली निवासमा पुगेका नेपाली युवा प्रतिभाले उनीसमक्ष विभिन्न विषय जिज्ञासा राखेका थिए। उनीहरुले आफूहरु पितृ तथा मातृभूमिमा आउँदा अत्यन्तै खुसी भएको अनुभव पनि सुनाएका थिए। पहिलोपटक नेपाल आएका कतिपयले सो प्रतियोगिताका कारण आफूहरु नेपाल आउन पाएकामा आयोजकलाई धन्यवाद पनि दिएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

संसदीय दलको नेतामा चुनिए लामिछाने,सरकारबारे छलफल शुक्रबारको बैठकमा
संसदीय दलको नेतामा चुनिए लामिछाने,सरकारबारे छलफल शुक्रबारको बैठकमा
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज : नेविसंघको भविष्य निर्धारण हुने
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज : नेविसंघको भविष्य निर्धारण हुने
सांसद श्रेष्ठलाई स्वतन्त्र पार्टीले सोध्यो स्पष्टीकरण
सांसद श्रेष्ठलाई स्वतन्त्र पार्टीले सोध्यो स्पष्टीकरण
ओलीले माओवादीको र प्रचण्डले एमालेको बैठकलाई सम्वोधन गर्ने !
ओलीले माओवादीको र प्रचण्डले एमालेको बैठकलाई सम्वोधन गर्ने !
पाइलट नै मापसेमा परेपछि …
पाइलट नै मापसेमा परेपछि …
प्रेमीसँग परमिताको ब्रेकअप, पीडा दिएको भन्दै लेखिन् यस्ताे
प्रेमीसँग परमिताको ब्रेकअप, पीडा दिएको भन्दै लेखिन् यस्ताे
यस्तो छ शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर
यस्तो छ शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर
करारको नाममा ३२ हजार कर्मचारीलाई जागिर! यसरी चल्दैछ राज्यमा लुटको खेती
करारको नाममा ३२ हजार कर्मचारीलाई जागिर! यसरी चल्दैछ राज्यमा लुटको खेती
रु छ लाखसहित प्राविधिक कार्यालयका प्रमुख पक्राउ
रु छ लाखसहित प्राविधिक कार्यालयका प्रमुख पक्राउ
प्रधानमन्त्री ओलीको विप्लवलाई प्रश्न, मजाक अलि बढ्ता भयो, चन्दा उठाउन क्रान्तिका गफ दिने ?
प्रधानमन्त्री ओलीको विप्लवलाई प्रश्न, मजाक अलि बढ्ता भयो, चन्दा उठाउन क्रान्तिका गफ दिने ?

तपाईंले छुटाउनुभयो कि?