गोरेकी यी प्रेमिका पनि ३३ केजी सुन तस्करीमा !
सारांश
- काठमाडाै, १८ वैशाख ।
- ३३ केजी सुन प्रकरणका मुख्य तस्कर चुडामणि उप्रेती(गोरे)लाई प्रहरीले खोजी गरिरहेको छ।
- सरकारले गठन गरेको उच्चस्तरीय छानविन समिति पनि ‘सनम शाक्यको हत्यादेखि सुन तस्करीसम्म गोरेकै योजनामा भएको’ निचोडमा पुगेको स्रोतले जनाएको छ।
काठमाडाै, १८ वैशाख । ३३ केजी सुन प्रकरणका मुख्य तस्कर चुडामणि उप्रेती(गोरे)लाई प्रहरीले खोजी गरिरहेको छ। सरकारले गठन गरेको उच्चस्तरीय छानविन समिति पनि ‘सनम शाक्यको हत्यादेखि सुन तस्करीसम्म गोरेकै योजनामा भएको’ निचोडमा पुगेको स्रोतले जनाएको छ।
गत आइतवार जिल्ला प्रहरी कार्यालय मोरङले सम्पूर्ण अनुसन्धान पूरा गरेर अनुसन्धान मिसिल जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाइसकेको छ। बुधवार प्रहरीले अनुसन्धानका लागि पाउने ६० दिने म्याद सकिँदैछ। बुधवार नै अदालतमा अभियोगपत्र दर्ता पनि हुँदैछ।
गोरेको तस्करीमा मुख्य सहयोगीका रुपमा उनकै प्रेमिकीसमेत सक्रिय रहेको खुलेको छ। रक्षा भण्डारी गोरेकी प्रेमिका हुन्। विगत केही वर्षदेखि उनीहरु प्रेम सम्बन्धमा रहेको र बिहे समेत गर्ने तयारीमा रहेको प्रहरी स्रोत बताउँछ।
पूर्वकी रक्षा केही समयदेखि काठमाडौंको गौरीघाटमा बस्दै आएकी छिन्। रक्षाका बाबु रुद्राक्षको व्यापार गर्छन्।
सरकारले गठन गरेको छानविन समितिले रक्षाको सम्पर्क गोरेसँग रहेको पाएपछि उनको बैक खाता तथा सम्पत्ति रोक्का गरेको छ। ‘गोरे’ विदेशमा भएको बेला सम्पूर्ण आर्थिक कारोबार रक्षाले गर्ने गरेको अनुसन्धानमा खुलेको छ। स्रोतले भन्यो, ‘गोरेले सम्पूर्ण आर्थिक हिसाव किताव रक्षाको जिम्मा लगाएका थिए।’
गोरेले अवैधरुपमा विमानस्थलबाट भित्र्याएको सुन उनकै कोठामा लगेर राख्ने गरेको समेत खुलेको हो। फरार रहेका गोरेलाई खोज्न प्रहरीले रेडकर्नर नोटिस जारी गरिसकेको छ।
गोरे मोरङ–११ फुटबल टिमका राम्रा खेलाडीमध्ये एक हुन्। तीन महिनाअघि उर्लाबारीमा भएको मेयर कप फुटबलमा मैदानमा थिए। त्यस बखतसम्म उनी सुनको अवैध धन्धा चलाउँछन् भन्ने कसैले सुइकोसमेत नपाएको पहिलो पोस्टले उल्लेख गरेको छ।
Justin Biral
? ℓσνє? тнє? ℓιfє? уσυ? ℓινє,? αи∂? ℓινє? тнє? ℓιfє? уσυ? ℓσνє
? CH BOTTERZ ? SURAJ-KING,TK ?