पर्साको पोखरिया नगरपालिकामा नेपाली जनता दलको अग्रता

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आश्विन ५, २०७४
|
|
४२ पटक हेरिएको
Shares
पर्साको पोखरिया नगरपालिकामा नेपाली जनता दलको अग्रता

सारांश

  • पर्सा, असोज ५ – पर्साको पोखरिया नगरपालिकामा संघीय समाजवादी फोरमलाई उछिन्दै नेपाली जनता दलले अग्रता कायम गरेको छ ।
  • बुधवार बिहानसम्म अग्रता कायम गरेको संघीय समाजवादी फोरम अहिले पछि परेको हो ।
  • नेपाली जनता दलका मेयर उम्मेदवार दीपनारायण रौनीयारले १५ सय ३६ मत ल्याउनुभएको छ ।

पर्सा, असोज ५ – पर्साको पोखरिया नगरपालिकामा संघीय समाजवादी फोरमलाई उछिन्दै नेपाली जनता दलले अग्रता कायम गरेको छ ।

बुधवार बिहानसम्म अग्रता कायम गरेको संघीय समाजवादी फोरम अहिले पछि परेको हो । नेपाली जनता दलका मेयर उम्मेदवार दीपनारायण रौनीयारले १५ सय ३६ मत ल्याउनुभएको छ । संघीय फोरमका प्रदुम्न चौहानले १५ सय २३, नेपाली कांग्रेसका रामेश्वर रौनीयारले ६ सय ३० र स्वतन्त्र शंकर यादवले ४ सय ७९ मत प्राप्त गरेका छन ।

उपमेयरमा संघीय समाजवादी फोरम नेपालका सलमा खातुनले १४ सय ३१, नेपाली जनता दलका उम्मेदवारले १२ सय ८१, नेपाली कांग्रेसका उम्मेदवारले ४ सय ४४ र राजपाका उम्मेदवारले ४ सय ८३ मत प्राप्त गरेका छन ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?