महोत्तरीमा दिउँसै लुटियो एनएमबि बैंक

Shikharkhabar Shikharkhabar
|
मंगलबार, जेठ १६, २०८०
|
|
५६ पटक हेरिएको
Shares
महोत्तरीमा दिउँसै लुटियो एनएमबि बैंक

सारांश

  • महोत्तरी ।
  • महोत्तरी गाउँपालिकास्थित एनएमबि बैंकमा आज दिउँसै लुटपाट गरिएको छ ।
  • जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार एक हतियारधारी समूहले एनएमबि बैंकको शाखाबाट १२ बजेर २० मिनेटमा रकम लुटपाट गरेको जनाएको छ ।

महोत्तरी । महोत्तरी गाउँपालिकास्थित एनएमबि बैंकमा आज दिउँसै लुटपाट गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार एक हतियारधारी समूहले एनएमबि बैंकको शाखाबाट १२ बजेर २० मिनेटमा रकम लुटपाट गरेको जनाएको छ ।

प्रहरीका अनुसार हतियारधारी समूहले हतियार देखाएर क्यास काउन्टरबाट रकम लुटेर लगेको हो । ४ जनाको समूहमा हतियारसहित प्रवेश गरेका नकावधारीहरुले ३८ लाख भन्दा बढिको लुटपाट गरेर फरार भएका छन् ।

४ जनाको समूहमा आएका अपरिचित व्यक्तिहरूले बैंकमा लुटपाट गरेको प्रत्यक्षदर्शीहरुले बताए । यस घटना बारे थप अनुसन्धान र लुटेराको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?