बालेन शाहसँग तत्काल जरिवाना असुल नगर्न सर्वोच्च अदालतद्वारा आदेश जारी

Shikharkhabar Shikharkhabar
|
बुधबार, फाल्गुन ३, २०७९
|
|
४० पटक हेरिएको
Shares
बालेन शाहसँग तत्काल जरिवाना असुल नगर्न सर्वोच्च अदालतद्वारा आदेश जारी

सारांश

  • काठमाडौं।
  • निर्वाचन खर्च विवरण समयमा नबुझाएको आधारमा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहसँग तत्काल जरिवाना असूल नर्गन सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ ।
  • शाहले निर्वाचन आयोगविरुद्ध दायर गरेको रिटमा सुनुवाई गर्दै बुधबार कामू प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, डा।

काठमाडौं। निर्वाचन खर्च विवरण समयमा नबुझाएको आधारमा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहसँग तत्काल जरिवाना असूल नर्गन सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ ।

शाहले निर्वाचन आयोगविरुद्ध दायर गरेको रिटमा सुनुवाई गर्दै बुधबार कामू प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, डा। आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र प्रकाशमान सिंह राउतको संवैधानिक इजलासले तत्काल जरिवाना नअसुल्न अन्तरिम आदेश दिएको हो ।

अदालतको स्रोतका अनुसार तोकिएको समयमा निर्वाचनको खर्च विवरण नबुझाउनेहरुले जरिवाना बुझाउनुपर्ने भनी निर्वाचन आयोगले गरेको निर्णयलाई सर्वोच्च अदालतले अन्तरिम आदेशमार्फत रोक लगाएको हो ।

निर्वाचन आयोगले गत भदौं ३१ गते एक लाख २३ हजार ६२४ स्थानीय तहका उम्मेदवारले समयमा खर्च विवरण नबुझाएको भन्दै जरिवाना तोकेको थियो ।

जरिवानामा परेकामध्ये करिव १७ हजार जना निर्वाचित जनप्रतिनिधि छन् । उनीहरुले आगामी ३० फागुनभित्र जरिवाना बुझाउनुपर्ने थियो । जरिवाना नतिरे पदमुक्त हुने कानुनी व्यवस्था छ ।

निर्वाचन आयोगले जरिवाना निर्धारण गरेपछि त्यसका विरुद्ध मेयर बालेन शाह सर्वोच्च गएका थिए । तर स्थानीय तहको जनप्रतिनिधिहरुको संगठन गाउँपालिका महासंघ र नेपाल नगरपालिका संघले संस्थागत निर्णय गरेर जरिवाना मिनाहा गराउन राजनीतिक पहल गरेका छन् । उनीहरुकै माग अनुसार गृह मन्त्रालयले तयार पारेको प्रस्ताव परामर्शका लागि अर्थमन्त्रालय र महान्यायाधिवक्ता कार्यालयमा पुगेका बेला सर्वोच्च अदालतले शाहको मुद्दामा अन्तरिम आदेश दिएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

शान्ति सम्झौताको बाह्र वर्ष: ‘बेवास्ता भयो’ भन्दै देशभरिका पीडित राजधानीमा
शान्ति सम्झौताको बाह्र वर्ष: ‘बेवास्ता भयो’ भन्दै देशभरिका पीडित राजधानीमा
कुलमान भन्छन्‘ नौ अर्ब घाटामा रहेको विद्युत प्राधिकरणलाई ७ अर्ब नाफामा पुर्याए’
कुलमान भन्छन्‘ नौ अर्ब घाटामा रहेको विद्युत प्राधिकरणलाई ७ अर्ब नाफामा पुर्याए’
३३ किलाे सुन प्रकरण: पक्राउ परेका एसएसपी खत्रीले प्रधानमन्त्री ओलीलाई सम्झीय पछि..
कालोपत्र भएको सडक एक वर्षमै जीर्ण
कालोपत्र भएको सडक एक वर्षमै जीर्ण
प्रत्येक तहमा मैथिली शिक्षा लागू हुन्छ: मन्त्री पोखरेल
प्रत्येक तहमा मैथिली शिक्षा लागू हुन्छ: मन्त्री पोखरेल
कान्तिपुर क्याम्पसमा शिक्षकको अभाव, आन्दोलनमा उत्रिए विद्यार्थी
कान्तिपुर क्याम्पसमा शिक्षकको अभाव, आन्दोलनमा उत्रिए विद्यार्थी
कांग्रेसले ओलीलाई सोध्यो : वाइडबडी काण्ड कता हरायो प्रधानमन्त्री ज्यू ?
कांग्रेसले ओलीलाई सोध्यो : वाइडबडी काण्ड कता हरायो प्रधानमन्त्री ज्यू ?
विश्वासको मतका लागि पेस भएको प्रस्तावमाथि निर्णय प्रक्रिया सुरु
विश्वासको मतका लागि पेस भएको प्रस्तावमाथि निर्णय प्रक्रिया सुरु
ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा परि पर्यटन मन्त्री रवीन्द्र अधिकारी सहित ६ जनाको मृत्युु
ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा परि पर्यटन मन्त्री रवीन्द्र अधिकारी सहित ६ जनाको मृत्युु
ताराको विस्फोटको नयाँ प्रमाण
ताराको विस्फोटको नयाँ प्रमाण