उम्मेदवारमाथि आक्रमण गर्न सरकार र विप्लव समूहबीच साँठगाँठ : ओली
सारांश
- काठमाडौं, २८ कार्तिक ।
- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वाम गठबन्धनका उम्मेदवारमाथि आक्रमण र बम हमला गर्ने सन्दर्भमा पनि सरकार र विप्लव समूहबीच साँठगाँठ रहेको आरोप लगाए ।
- वाम गठबन्धनका काठमाडौंका उम्मेदवारहरुको परिचयात्मक कार्यक्रममा अध्यक्ष ओलीले यस्तो आरोप लगाएका हुन् ।
काठमाडौं, २८ कार्तिक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वाम गठबन्धनका उम्मेदवारमाथि आक्रमण र बम हमला गर्ने सन्दर्भमा पनि सरकार र विप्लव समूहबीच साँठगाँठ रहेको आरोप लगाए ।
वाम गठबन्धनका काठमाडौंका उम्मेदवारहरुको परिचयात्मक कार्यक्रममा अध्यक्ष ओलीले यस्तो आरोप लगाएका हुन् । ओलीले भने, ‘यही सरकारले सम्झौता र्गयो, यहि सरकार खारेज गर्न खोज्दैछ । कुरा प्रष्टै छ, चन्दा धेरै चाहियो !’
उनले अघि भने,‘यो सरकार र विप्लवमा के फरक छ ? एउटा चन्दाका लागि कब्जा गर्छ, लुट्छ, अर्कोले चन्दा नपाए आफैंले दिएको ठेक्का खोस्छ ।’
पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले भनेजति चन्दा नपाएपछि बुढीगण्डकी जलविद्युत आयोजना निर्माणका लागि भएको ठेक्का सरकारले सम्झौता रद्द गर्न खोजिएको आरोप लगाए ।
बुढीगण्डकीको ठेक्का रद्द र वामपन्थी गठबन्धनका उम्मेदवारमाथि भएको आक्रमणमा सरकार र विप्लव समूहको साँठगाँठ रहेको उनको आरोप थियो ।
वर्तमान सरकार फाँसिवादी ढंगले चलेको भन्दै ओलीले यसबीचमा गरेका निर्णयहरु नयाँ सरकारले खारेज गर्ने चेतावनी समेत दिएका छन् । मन्त्रीनै बम हमला गर्नेको रिहाई गराउन लाग्नुले आफ्नो आरोप पुष्टि भएको उनले बताए ।
सरकारप्रति निकै आक्रमक रुपमा प्रस्तुत भएका ओलीले सरकारको ध्यान शान्ति सुरक्षामा नभएको आरोप समेत लगाए । उनले अघि थपे,‘वाम गठबन्धनका उम्मेद्धवार तथा नेताहरुमाथि बम प्रहार गर्नेमा तिनीहरुको बीचमा साँठगाँठ छ, एउटाले बाम हान्ने, अर्कोले जोगाउने ।’
Yub Raj PokhRel
प्रमाण के छ तुक्के
Krishna Thakuri
प्रमाण धेरै छन बिप्लप माओबादीको र काग्रेसको सिद्धान्त नई मिल्दैन र पनि बामपंथी माथी मात्र हमला भएको छ
Gopal Karki
Neta ji sathagatha vako vay congress ko karyakarta .ummedawar mathi kadari bambispot hunthyo