गृह मन्त्रालयद्वारा प्रजिअको सरुवा र पदस्थापन

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आषाढ १, २०८०
|
|
३१ पटक हेरिएको
Shares
गृह मन्त्रालयद्वारा प्रजिअको सरुवा र पदस्थापन

सारांश

  • काठमाडौँ ।
  • गृह मन्त्रालयले केही जिल्लाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) हरूको आज सरुवा गरेको छ ।
  • अवधि पुगेका र सुगम र दुर्गम मिलाएर प्रमुख जिल्ला अधिकारीको सरुवा र पदस्थापन गरिएको मन्त्रालयका प्रवक्ता जितेन्द्र बस्नेतले जानकारी दिए ।

काठमाडौँ । गृह मन्त्रालयले केही जिल्लाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) हरूको आज सरुवा गरेको छ ।

अवधि पुगेका र सुगम र दुर्गम मिलाएर प्रमुख जिल्ला अधिकारीको सरुवा र पदस्थापन गरिएको मन्त्रालयका प्रवक्ता जितेन्द्र बस्नेतले जानकारी दिए ।

उनका अनुसार सामान्य प्रशासन मन्त्रालयबाट गृह मन्त्रालयमा आएका केही सहसचिव, गृहमै अतिरिक्त समूहमा रहेकालाई पदस्थापन तथा सरुवा गरिएको हो । त्यस्तै एउटा जिल्लामा अवधि पुगेकाहरूलाई सुगम र दुर्गम हेरेर सरुवा गरिएको मन्त्रालयले जनाएको छ ।

गृहमा अतिरिक्त रहेका गोपालकुमार अधिकारीलाई कञ्चनपुरको प्रजिअ बनाइएको छ । त्यस्तै गृहको अतिरिक्त समूहमा रहेका शन्तबहादुर सुनुवारलाई रोल्पाको प्रजिअ बनाइएको छ ।

त्यस्तै, कञ्चनपुरका प्रजिअ गोपालप्रसाद अर्याललाई डोटीको प्रजिअमा सरुवा गरिएको छ । उता मकवानपुरका प्रजिअ राजेन्द्र पाण्डेलाई सिरहाको प्रजिअमा सरुवा गरिएको छ । सिरहाका प्रजिअ भोजराज खतिवडालाई खोटाङ पठाइएको छ ।

त्यस्तै, डोटीकी प्रजिअ कल्पना श्रेष्ठलाई सरुवा गरेर नवलपरासीपूर्वको प्रजिअ बनाइएको छ । त्यस्तै खोटाङका प्रजिअ सूर्य सेढाईंलाई मकवानपुरको प्रजिअ बनाइएको छ । त्यस्तै रोल्पाका प्रजिअ परमानन्द घिमिरेलाई काभ्रेको प्रजिअ बनाइएको छ ।

कारागार कार्यालय मोरङमा गृह मन्त्रालयका कृष्णबहादुर खड्कालाई सरुवा गरिएको छ भने रामेछापका सहायक प्रजिअ अनुज घिमिरेलाई इलाका प्रशासन कार्यालय धरानमा सरुवा गरिएको छ । त्यस्तै जाजरकोटका सहायक प्रजिअ गङ्गाबहादुर क्षेत्रीलाई कास्कीको सहायक प्रजिअ बनाइएको छ । त्यस्तै काभ्रेको सहायक प्रजिअ महेशकुमार पोखरेललाई गृह मन्त्रालयमा ल्याइएको छ ।

त्यस्तै काठमाडौँका विभिन्न कार्यालय त्रिभुवन विमानस्थल अध्यागमन, राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभाग, अध्यागमन विभाग तथा कार्यलयमा कार्यरत र अवधि पुगेका २८ शाखा अधिकृतलाई काठमाडौँबाहिर सरुवा गरिएको छ । उहाँहरुको अवधि पुगेको र सुगममा बसेकालाई काठमाडौँ बाहिर पठाइएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मानव अधिकारकर्मी कृष्ण पहाडिसहित  २ दर्जन भन्दा बढी मानव अधिकारकर्मी पक्राउ
मानव अधिकारकर्मी कृष्ण पहाडिसहित २ दर्जन भन्दा बढी मानव अधिकारकर्मी पक्राउ
रित्तो जिन्दगी..
रित्तो जिन्दगी..
अध्यक्ष नेपाल भन्छन् :नक्कली शरणार्थी प्रकरणका दाेषीलाई कारबाही गर्न खट्टा कमाउनुहुँदैन
अध्यक्ष नेपाल भन्छन् :नक्कली शरणार्थी प्रकरणका दाेषीलाई कारबाही गर्न खट्टा कमाउनुहुँदैन
दुई हजार ५ सय लिटर डिजेल चोरी, यी हाकिम शंकाकाे घेरामा
दुई हजार ५ सय लिटर डिजेल चोरी, यी हाकिम शंकाकाे घेरामा
संक्रमणकालको अन्त्यसँगै देश स्थायित्व र समृद्धिको युगमा प्रवेश : राष्ट्रपति भण्डारी (पूर्णपाठ)
संक्रमणकालको अन्त्यसँगै देश स्थायित्व र समृद्धिको युगमा प्रवेश : राष्ट्रपति भण्डारी (पूर्णपाठ)
मोडेल एवं सञ्चारकर्मी एलिना थपलियाको म्युजिक भिडियो सार्वजनिक
मोडेल एवं सञ्चारकर्मी एलिना थपलियाको म्युजिक भिडियो सार्वजनिक
अब राती पनि झलमलै हुने, रुसले बनायो कृत्रिम तारा
अब राती पनि झलमलै हुने, रुसले बनायो कृत्रिम तारा
अाफु लडेकाे चुनाव रद्द गर्न माग गर्दै राष्ट्रपति अदालतमा
अाफु लडेकाे चुनाव रद्द गर्न माग गर्दै राष्ट्रपति अदालतमा
माधव नेपाललाई फेरि अर्को झट्का
माधव नेपाललाई फेरि अर्को झट्का
नेविसङ्घद्वारा साढे छ लाख नयाँ सदस्यता वितरण
नेविसङ्घद्वारा साढे छ लाख नयाँ सदस्यता वितरण

तपाईंले छुटाउनुभयो कि?