नेविसङ्घद्वारा साढे छ लाख नयाँ सदस्यता वितरण

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, पौष २०, २०७५
|
|
४७ पटक हेरिएको
Shares
नेविसङ्घद्वारा साढे छ लाख नयाँ सदस्यता वितरण

सारांश

  • काठमाडौँ,२० पुस ।
  • नेपाली काङ्ग्रेसको प्रमुख भ्रातृ सङ्गठन नेपाल विद्यार्थी सङ्घले देशभर छ लाख ५० हजार नयाँ सदस्यता वितरण गरेको छ ।
  • बाह्रौँ महाधिवेशन नजिकिएसँगै नेविसङ्घले काठमाडौँ उपत्यकाबाहेक ७४ जिल्लामा नयाँ सदस्यता वितरण गरेको हो ।

काठमाडौँ,२० पुस । नेपाली काङ्ग्रेसको प्रमुख भ्रातृ सङ्गठन नेपाल विद्यार्थी सङ्घले देशभर छ लाख ५० हजार नयाँ सदस्यता वितरण गरेको छ ।

बाह्रौँ महाधिवेशन नजिकिएसँगै नेविसङ्घले काठमाडौँ उपत्यकाबाहेक ७४ जिल्लामा नयाँ सदस्यता वितरण गरेको हो । नेविसङ्घका अध्यक्ष नैनसिंह महरले नेविसङ्घलाई केन्द्रदेखि गाउँँ र टोलसम्म पु¥याउन नयाँ सदस्यता वितरणलाई प्राथमिकता दिएको बताउनुभयो ।

“मुलुकको शिक्षा क्षेत्रमा देखिएको विकृति विसङ्गति हटाई आगामी निर्वाचनमा काङ्ग्रेसको पक्षमा जनमत सिर्जना गर्न सदस्यता वितरणलाई देशभर पु¥याउन लागेका हौँ”, उहाँले भन्नुभयो । लामो समयको विधान र नियमावली विवादपछि विधान पास भएको नेविसङ्घले पुस २८ देखि ३० गतेसम्म १२औँ महाधिवेशनको तालिका तोकेको थियो ।

नेविसङ्घले तोकेको निर्वाचन कार्यतालिका अनुसार मङ्सिर २२ गतेभित्र देशभरका सबै माध्यमिक तथा उच्च माध्यमिक विद्यालयमा अधिवेशन गर्नुपर्ने, मङ्सिर २५ भित्र स्थानीय गाउँ नगरको अधिवेशन गर्नुपर्ने, पुस ८ भित्र उपत्यका भित्रका सबै क्याम्पस र विश्वविद्यालयको अधिवेशन गर्नुपर्ने, पुस १४ भित्र सबै जिल्लाको अधिवेशन गर्नुपर्ने र पुस २० भित्र सबै प्रदेशको अधिवेशन सम्पन्न गर्नुपर्ने रहेको छ ।

निर्वाचन आउन केही दिनमात्र बाँकी हुँदा देशभरका १५ जिल्लामा जिल्ला अधिवेशन सम्पन्न भइसकेको अध्यक्ष महरले जानकारी दिनुभयो । नेविसङ्घ अहिले महाधिवेशनमय हुँदै गएको उहाँको भनाइ छ । निर्धारित समयमा महाधिवेशन सम्पन्न नभए पनि छिट्टै महाधिवेशन सम्पन्न हुने गरी नेविसङ्घले काम गरिरहेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राष्ट्रियसभाको उपाध्यक्षमा माओवादी नेत्री अर्याल निर्वाचित
राष्ट्रियसभाको उपाध्यक्षमा माओवादी नेत्री अर्याल निर्वाचित
काठमाडौँ २ र ४ मा एमाले, १ मा कांग्रेसको अग्रता
काठमाडौँ २ र ४ मा एमाले, १ मा कांग्रेसको अग्रता
टिपरले किचेर युवकको मृत्यु
टिपरले किचेर युवकको मृत्यु
ऋषि धमला ‘भाइरल गोर्खे’ मा अनुबन्धित
ऋषि धमला ‘भाइरल गोर्खे’ मा अनुबन्धित
अमिताभले तिरिदिए १४ सय किसानको ६ करोड ऋण
अमिताभले तिरिदिए १४ सय किसानको ६ करोड ऋण
प्रदेश नम्बर २ को सरकार गठनका लागि बाम गठबन्धनको पनि दाबी,संविधान संशोधनका लागि एमाले र माओवादीको नेतृत्व सकारात्मक
प्रदेश नम्बर २ को सरकार गठनका लागि बाम गठबन्धनको पनि दाबी,संविधान संशोधनका लागि एमाले र माओवादीको नेतृत्व सकारात्मक
सरल र इमानदार व्यक्तित्व उद्धव खरेलको विशिष्ट परिचय हो : आर.एम्.डङ्गोल
सरल र इमानदार व्यक्तित्व उद्धव खरेलको विशिष्ट परिचय हो : आर.एम्.डङ्गोल
प्रकाश दाहालको मृत्यु भएको १७ दिनपछि फेसबुक पेज कसरी अपडेट भयो ?
प्रकाश दाहालको मृत्यु भएको १७ दिनपछि फेसबुक पेज कसरी अपडेट भयो ?
नेपाल र चीनबीचका २० बुँदे सम्झौता र समझदारीमा क–कसले गरे हस्ताक्षर ?
नेपाल र चीनबीचका २० बुँदे सम्झौता र समझदारीमा क–कसले गरे हस्ताक्षर ?
प्रत्येक वर्ष आँखा जचाउन तिलगंगा प्रतिष्ठानको आग्रह
प्रत्येक वर्ष आँखा जचाउन तिलगंगा प्रतिष्ठानको आग्रह