माधव नेपाललाई फेरि अर्को झट्का

Shikharkhabar Shikharkhabar
|
आइतबार, मंसिर ८, २०७६
|
|
४३ पटक हेरिएको
Shares
माधव नेपाललाई फेरि अर्को झट्का

सारांश

  • नेकपाभित्र पटक पटक अपमानित भईरहेका नेता हुन माधव नेपाल ।
  • नेकपा गठन भएपछि पार्टी बरियतामाा झलनाथ खनाल भन्दा माथी राखिएका र अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलको चीन भ्रमणका बेला पार्टीको कार्यबहाक अध्यक्षको समेत जिम्मेवारी पाएका नेता नेपाल पछिल्लो समयमा भने अपमानको सिकार भईरहेका छन् ।
  • अपमानको श्रृखला पछिल्लो मन्त्रीपरिषद् हेरफेरसम्म पनि जारी रह्यो ।

नेकपाभित्र पटक पटक अपमानित भईरहेका नेता हुन माधव नेपाल । नेकपा गठन भएपछि पार्टी बरियतामाा झलनाथ खनाल भन्दा माथी राखिएका र अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलको चीन भ्रमणका बेला पार्टीको कार्यबहाक अध्यक्षको समेत जिम्मेवारी पाएका नेता नेपाल पछिल्लो समयमा भने अपमानको सिकार भईरहेका छन् ।

अपमानको श्रृखला पछिल्लो मन्त्रीपरिषद् हेरफेरसम्म पनि जारी रह्यो । मन्त्रीपरिषद् हेरफेर गर्नुअधि ओलीले नेपालसंग सम्बन्ध सुध्रियको संकेत गरेका थिए । दुई नेताबिच करिब करिब बोलचाल बन्द हुने अवस्था रहेकोमा ओलीले एक सात अधि नेपाललाई बालुवाटर डाकेर करिव चार घण्टा भलाकुसारी गर्न भ्याए । त्यसलाई नेपालले पनि सकारात्मक रुपमा लिएका थिए ।

पार्टी भित्र आफूले सम्मानजनक हैसियत पाउनेमा उनी विश्वस्त थिए । नेपाल निकट एक जना नेताका अनुसार नेपालको पछिल्लो चार घण्टे भेटवार्ता प्रधानमन्त्री ओलीले दुई घण्टाजति अर्काे अध्यक्ष प्रचण्डसंगको असुन्तुष्टि पोख्नमै बिताएका थिए । ओलीले नेपाललाई पार्टीको बागडोर कुनैपनि हालतमा प्रचण्डलाई नदिने, उनी जस्तो अविश्वास भएको नेता अरु कुनै नभएको र प्रचण्डले आफूसंग पदको लागि नाजायज बार्गे्निङ गरेको दुखेसो पोखेका थिए ।

प्रचण्डको चुंगलमा पार्टीलाई जानबाट रोक्न तपाई नमिल्नुको विकल्प नरहेको पनि बताएको एक नेताले बताए । तर, मन्त्रीपरिषद् हेरफेर र पार्टीको जिम्मेवारी बाडफाडमा ओलीले नेपाललाई पूर्ण रुपमा वेवास्था गरेपछि नेपाल प्रचण्ड र ओली दुवैप्रति क्रुद्व बनेका छन् । ओलीले पार्टीको कार्यकारी कमान प्रचण्डलाई सुम्पिए । उता मन्त्रीपरिषद् हेरफेरमा पनि को कोलाई ल्याईदैछ भन्ने सुईको सम्म ओलीले नेपाललाई दिएनन् ।

अधिल्लो सरकारले नियुक्त गरेका सातै प्रदेशका मुख्यमन्त्रीहरुलाई बर्खास्त गरेर उनीहरुको स्थानमा नयाँ प्रदेश प्रमुख नियुक्त गर्दा समेत ओलीले नेपालललाई बेवास्ता गरेका थिए । उक्त सातै प्रदेशका प्रमुख प्रचण्ड र ओली दुवै मिलेर ४ र ३ को समिकरणबाट आफु निकटलाई जिम्मेवारी दिएका छन । उक्त कार्यबाट क्रोधित बनेका नेपालले नोड अफ डिसेन्ट नै लेखि सकेका छन् । देशान्तर साप्ताहिकबाट

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

२४ घन्टामा कोरोना संक्रमणबाट १८ जनाको मृत्यु
वाइसिएलको कार्यकर्तालाई निर्देशन : अब काँग्रेस र राप्रपाका नेताहरुविरुद्ध मुद्दा हाल !
वाइसिएलको कार्यकर्तालाई निर्देशन : अब काँग्रेस र राप्रपाका नेताहरुविरुद्ध मुद्दा हाल !
नदी किनारको सीमा कायमसम्बन्धी सर्वोच्चको फैसला तत्काल कार्यान्वयन नगर्न पत्राचार
नदी किनारको सीमा कायमसम्बन्धी सर्वोच्चको फैसला तत्काल कार्यान्वयन नगर्न पत्राचार
प्रतिनिधिसभामा चार विधेयक पेश
प्रतिनिधिसभामा चार विधेयक पेश
चौधरीलाई जेलभित्रै सपथको कुरा चल्दा, टीकापुरमा मारिएका डेढ वर्षे बालकका हजुरबा, आमा चिन्तित
चौधरीलाई जेलभित्रै सपथको कुरा चल्दा, टीकापुरमा मारिएका डेढ वर्षे बालकका हजुरबा, आमा चिन्तित
कति छ आजको विदेशी मुद्राको विनियम दर ?
कति छ आजको विदेशी मुद्राको विनियम दर ?
शून्य समयमा पूर्वाधार निर्माणदेखि किसानका समस्या समाधानको ध्यानाकर्षण
शून्य समयमा पूर्वाधार निर्माणदेखि किसानका समस्या समाधानको ध्यानाकर्षण
झापामा सभामुख घिमिरे र उप सभामुख रानालाई स्वागत
झापामा सभामुख घिमिरे र उप सभामुख रानालाई स्वागत
तिहारको तेस्रो दिन आज गाईको पूजाआजा गरी मनाइँदै
तिहारको तेस्रो दिन आज गाईको पूजाआजा गरी मनाइँदै
सुदूरपश्चिमका नवनियुक्त मुख्यमन्त्री र मन्त्रीहरुले लिए शपथ
सुदूरपश्चिमका नवनियुक्त मुख्यमन्त्री र मन्त्रीहरुले लिए शपथ

तपाईंले छुटाउनुभयो कि?