गृह मन्त्रालयबाटै ६ हजार प्रहरी गायव, कहाँ छन् !

Shikharkhabar Shikharkhabar
|
शनिबार, चैत्र १०, २०७४
|
|
३१ पटक हेरिएको
Shares
गृह मन्त्रालयबाटै ६ हजार प्रहरी गायव, कहाँ छन् !

सारांश

  • उच्च अधिकृतको घरेलु काममा खटाइएको गृहको आशंका नेपाल प्रहरीमा ७२ हजार ७ सय ३३ प्रहरी कर्मचारीको दरबन्दी स्वीकृत छ ।
  • तर, प्रहरीले गृह मन्त्रालयलाई ६७ हजार कर्मचारीको मात्रै रेकर्ड बुझाएको छ ।
  • सरकारी तलब खाने बाँकी ५ हजार ७ सय ३३ प्रहरी कहाँ कार्यरत छन् गृहलाई पनि थाहा छैन ।

उच्च अधिकृतको घरेलु काममा खटाइएको गृहको आशंका

नेपाल प्रहरीमा ७२ हजार ७ सय ३३ प्रहरी कर्मचारीको दरबन्दी स्वीकृत छ । तर, प्रहरीले गृह मन्त्रालयलाई ६७ हजार कर्मचारीको मात्रै रेकर्ड बुझाएको छ । सरकारी तलब खाने बाँकी ५ हजार ७ सय ३३ प्रहरी कहाँ कार्यरत छन् गृहलाई पनि थाहा छैन । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

स्वीकृत दरबन्दी र नेपाल प्रहरीले बुझाएको रेकर्डमा ठूलो अन्तर परेपछि गृहले ती प्रहरी कर्मचारीको खोजी प्रक्रिया सुरु गरेको छ । गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले नेपाल प्रहरीमा पाँच हजारभन्दा धेरै प्रहरी कर्मचारीको भौतिक रेकर्ड नदेखिएको बताए । ‘नेपाल प्रहरीमा करिब ७२ हजार प्रहरी कर्मचारीको दरबन्दी स्वीकृत छ । तलब सुविधा पनि सोहीअनुसार जान्छ । तर, निर्वाचनका वेला प्रहरीले आफूसँग ६७ हजार प्रहरी मात्रै रहेको रेकर्ड बुझायो । रेकर्ड र दरबन्दी विश्लेषण गर्दा पाँच हजारभन्दा धेरैको फरक देखिन्छ । तलब सुविधा खाने, तर भौतिक रेकर्ड नदेखिने ती प्रहरी कर्मचारी कहाँ छन्, हामीले खोजिरहेका छौँ,’ उनले भने ।

गृहले भौतिक रेकर्डमा नदेखिने तर सेवा–सुविधा लिने प्रहरी कर्मचारीको सम्पूर्ण विवरण सात दिनभित्र पेस गर्न भन्दै मंगलबार नै नेपाल प्रहरीलाई पत्र काटेको छ । गृहप्रवक्ता सुवेदीले भने, ‘भौतिक रेकर्ड नभएका प्रहरी कर्मचारीको सम्पूर्ण तथ्यांक सात दिनभित्र पेस गर्न हामीले नेपाल प्रहरीलाई भनेका छौँ । पत्र मंगलबार नैै काटिएको छ । सात दिनभित्र सम्पूर्ण विवरण पेस गर्न भनेका छौँ ।’

गृहका अनुसार तलब सुविधा बुझ्ने तर भौतिक उपस्थित नदेखिने प्रहरी कर्मचारीमध्ये अधिकांश सिपाही र हवल्दार दर्जाका छन् । तर, प्रहरी सहायक निरीक्षक, प्रहरी नायब निरीक्षक र प्रहरी निरीक्षक पनि यो सूचीमा छन् । गृहप्रवक्ता सुवेदी भन्छन्, ‘भौतिक उपस्थिति नदेखिने अधिकांश प्रहरी कर्मचारी तल्लो तहका छन् । उनीहरू कहाँ खटिएका छन् ? हामीले प्रहरीसँग त्यसैको रेकर्ड मागेका हौँ ।’

प्रतिक्रिया

7 कमेन्ट

    Comment Author

    Gurung Man

    कि यो सम्पादकलाई कारबाही गर्नु पर्यो कि गृहमन्त्रीले Action गर्नु पर्यो हैन भने यस्ता समाचारहरु संप्रेषण नगरियोस् ।

    Comment Author

    Rajan Pratap Singh Basnyat

    Neta ra hakim co ghar ma bhada ma g ra chan

    Comment Author

    Keshab Dhakal

    Good job

    Comment Author

    Angel Biwash

    officer haruko gharma bhada majhne kapada dhune penti dhune bhadako tattu cleaner banai raheka xan…✊

      Comment Author

      Bijay Gurung

    Comment Author

    Bishnu Poudel

    सर्कारितलबमा घरमाटहलुवा शेनामापनी त्यस्तैछ ।

    Comment Author

    Shambhu Shah

    शबै हाकिम हरु काे घरमा भाडा र कपडा धुदै छन् सिपाई हरु नपताय यक पटक छड्के चेक गर्ने कि

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 7
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?