सरकारको धरपकडप्रति कांग्रेसको आपत्ति

Shikharkhabar Shikharkhabar
|
बुधबार, माघ २३, २०७५
|
|
१७ पटक हेरिएको
Shares
सरकारको धरपकडप्रति कांग्रेसको आपत्ति

सारांश

  • काठमाडौं।
  • शान्तिपूर्ण प्रदर्शनका क्रममा आफ्ना विद्यार्थी नेताहरु नियन्त्रणमा लिई फौजदारी मुद्दा चलाइएको भन्दै नेपाली कांग्रेसले गम्भीर आपत्ति जनाएको छ।
  • सरकारका जनविरोधी कदम विरुद्ध पोखरामा भएको शान्तिपूर्ण विरोध प्रर्दशनका क्रममा नेपाल विद्यार्थी संघका परशुराम बस्नेत, डिफान भुजेल र विनय पौडेललाई नियन्त्रणमा लिई फौजदारी मुद्दा चलाइएकोमा कांग्रेसले गम्भीर आपत्ति जनाएको हो।
काठमाडौं। शान्तिपूर्ण प्रदर्शनका क्रममा आफ्ना विद्यार्थी नेताहरु नियन्त्रणमा लिई फौजदारी मुद्दा चलाइएको भन्दै नेपाली कांग्रेसले गम्भीर आपत्ति जनाएको छ।
सरकारका जनविरोधी कदम विरुद्ध पोखरामा भएको शान्तिपूर्ण विरोध प्रर्दशनका क्रममा नेपाल विद्यार्थी संघका परशुराम बस्नेत, डिफान भुजेल र विनय पौडेललाई नियन्त्रणमा लिई फौजदारी मुद्दा चलाइएकोमा कांग्रेसले गम्भीर आपत्ति जनाएको हो। बुधबार केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकले प्रहरी नियन्त्रण रहेका विद्यार्थी नेताहरुलाई तत्काल रिहाई गर्न पनि माग गरेको छ।
त्यसैगरी गत सोमबार धनुषाको सबैया नगरपालिका वडानम्बर १० खरियानी टोलका पार्टी सदस्य उमेश कापडीमाथि कम्युनिष्ट पार्टीका कार्यकर्ताले सांघातिक हमला गरेको भन्दै बैठकले आक्रमणमा संलग्न दोषीमाथि कडा कारवाहीको माग गरेको छ। कांग्रेसले प्रर्दशन सकिएपछि भएको आक्रमणलाई गम्भीर रुपले लिएको जनाएको छ। घाइते कापडीको अहिले विराटनगरमा उपचार भइरहेको छ।
यसैबीच गत सोमबार राष्ट्रव्यापी प्रर्दशनमा भएको लाखौको सहभागीताप्रति  आभार प्रकट गर्दै छोटो समयमा भव्य प्रर्दशन गर्न सफल भएकोमा बैठकले सबै जिल्लाको पार्टी पक्तिलाई बधाई दिएको छ । 

बुधबारको बैठकमा नेताहरु रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधी, महामन्त्री पूर्ण बहादुर खड्का, केन्द्रीय सदस्यहरु कृष्ण प्रसाद सिटौला, महेश आचार्य, बालकृष्ण खाँड, डाक्टर नारायण खड्का, डाक्टर मिनेन्द्र रिजाल, आनन्द प्रसाद ढुंगाना र मोहन बहादुर बस्नेतले धारणा राखेका थिए।
यसैबीच नेपाल विद्यार्थी संघको वर्तमान कार्यसमितिका बारेमा भने नेताहरुबीच मत बाझिएपछि बैठकले कुनै निर्णय गर्न सकेन।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

थप ३१५ जना बूढीगण्डकी प्रभावितलाई मुआब्जा दिने निर्णय
थप ३१५ जना बूढीगण्डकी प्रभावितलाई मुआब्जा दिने निर्णय
पुख्र्यौली पेशाबाट मनग्य आम्दानी
पुख्र्यौली पेशाबाट मनग्य आम्दानी
एसीसी यू-१९ एसिया कप छनौटका लागि नेपाली टोलीको घोषणा : कप्तान दिपेन्द्रसिंह
एसीसी यू-१९ एसिया कप छनौटका लागि नेपाली टोलीको घोषणा : कप्तान दिपेन्द्रसिंह
बालबालिकालाई संघीयता आएन, ६० हजार स्कुल जान्नन् : शिक्षामन्त्री पोखरेल
विद्यालयमै स्वास्थ्यकर्मीबाटै प्राथमिक उपचारको व्यवस्था
विद्यालयमै स्वास्थ्यकर्मीबाटै प्राथमिक उपचारको व्यवस्था
आइजिपी छान्न ट्रयाक रेकर्डसहित सुक्ष्म अध्ययन जारी,बन्नेभन्दा बनाउनेहरु चलखेलमा ।
आइजिपी छान्न ट्रयाक रेकर्डसहित सुक्ष्म अध्ययन जारी,बन्नेभन्दा बनाउनेहरु चलखेलमा ।
भरतपुरमा मतपत्र च्यात्नेलाई १ लाखसम्म जरिवाना र २ वर्षसम्मको कैद हुन सक्ने
भरतपुरमा मतपत्र च्यात्नेलाई १ लाखसम्म जरिवाना र २ वर्षसम्मको कैद हुन सक्ने
मायालुको गाउँ खोज्दै सन्दिप परियार (भिडियोसहित)
मायालुको गाउँ खोज्दै सन्दिप परियार (भिडियोसहित)
हिंसाका विकल्प कार्यक्रमका सहजकर्ताको विश्व सम्मेलन शुरु
हिंसाका विकल्प कार्यक्रमका सहजकर्ताको विश्व सम्मेलन शुरु
राजेश हमाल एमाले प्रवेश गरेर प्रधानमन्त्री बन्ने दाउमा
राजेश हमाल एमाले प्रवेश गरेर प्रधानमन्त्री बन्ने दाउमा

तपाईंले छुटाउनुभयो कि?