पत्रकार महासंघ स्रोतको गोपनीयताको रक्षाका लागि प्रतिवादमा उत्रने निष्कर्षमा
सारांश
- काठमाडौं, २४ पुस ।
- नेपाल पत्रकार महासंघले प्रहरीलाई समाचारको स्रोत खोज्ने अधिकार नभएको कुरा फेरि दोहोराएको छ ।
- प्रहरीले केही अनलाइन सञ्चारमाध्यमलाई समाचारको स्रोत खुलाउन र सम्पादकलाई उपस्थित हुन पत्र काटेको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको बताउँदै त्यस्तो धारणा दोहोराएको हो ।
काठमाडौं, २४ पुस । नेपाल पत्रकार महासंघले प्रहरीलाई समाचारको स्रोत खोज्ने अधिकार नभएको कुरा फेरि दोहोराएको छ । प्रहरीले केही अनलाइन सञ्चारमाध्यमलाई समाचारको स्रोत खुलाउन र सम्पादकलाई उपस्थित हुन पत्र काटेको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको बताउँदै त्यस्तो धारणा दोहोराएको हो ।
“प्रकाशित÷प्रसारित समाचारको स्रोत खोज्ने र समाचारकै विषयलाई लिएर सम्पादकलाई उपस्थित हुन पत्र काट्ने अधिकार प्रहरीलाई नभएको महासंघ स्पष्ट गर्न चाहन्छ”, महासचिव रमेश विष्टले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “आमसञ्चारमाध्यममा प्रकाशित÷प्रसारित सामग्रीका सम्बन्धमा कुनै गुनासो वा उजुरी भएमा प्रेस काउन्सिलमार्फत समाधान खोज्न महासंघ आग्रह गर्दछ ।”
सञ्चारमाध्यमलाई निर्वाधरूपमा प्रेस स्वतन्त्रताको उपभोग गर्ने काममा बाधा पु¥याउने काम भएको महासंघको ठहर रहेको बताउँदै यस किसिमका घटना तत्काल रोक्न र पुनः नदोहो¥याउन सम्बन्धित पक्षलाई आग्रह गरेको छ । प्रेस स्वतन्त्रताविरोधी यस किसिमका घटना नरोकिएमा महासंघ कठोर संघर्षका कदम चाल्न बाध्य हुने चेतावनी पनि विज्ञप्तिमा दिइएको छ ।
घटनाका बारेमा महासंघले गम्भीर चासो र चिन्ता व्यक्त गर्दै प्रेस काउन्सिल नेपाल, सूचना विभाग, नेपाल बार एसोसिएसन, नेपाल प्रहरीका अधिकारीसँग छलफल गरेको पनि गरेको छ । महासंघले सञ्चार सम्वद्ध विभिन्न संस्थाहरू नेपाल प्रेस युनियन, प्रेस चौतारी नेपाल, प्रेस सेन्टर नेपाल, क्रान्तिकारी पत्रकार संगठन, नेपाल, अनलाइन पत्रकार संघसहितका प्रतिनिधिहरूसँग छलफल गरी यस सन्दर्भमा नेपाल सरकार, सुरक्षा निकायको गम्भीर ध्यानाकर्षण गराउने र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा, मिडियाको स्रोतको गोपनियताको रक्षाका लागि संयुक्तरूपमा प्रतिवाद गर्ने निष्कर्ष निष्कर्ष पनि निकालिएको छ ।
प्रतिक्रिया