टिकटक भिडियो खिच्ने क्रममा खोलामा हामफालेर बेपत्ता भएका युवकको शव भेटियो
सारांश
- सर्लाही ।
- टिकटक भिडियो खिच्ने क्रममा खोलामा हामफालेका बारा प्रसौनी – २ का २१ वर्षीय बिक्की गोसाईंको शव फेला परेको छ ।
- असोज १९ गतेदेखि बेपत्ता भएका उनको शव शुक्रबार बिहान फेटा गाउँपालिका – १ त्रिवेणी खोलामा फेला परेको हो ।
सर्लाही । टिकटक भिडियो खिच्ने क्रममा खोलामा हामफालेका बारा प्रसौनी – २ का २१ वर्षीय बिक्की गोसाईंको शव फेला परेको छ ।
असोज १९ गतेदेखि बेपत्ता भएका उनको शव शुक्रबार बिहान फेटा गाउँपालिका – १ त्रिवेणी खोलामा फेला परेको हो ।
प्रहरीका अनुसार गोसाईं टिकटक भिडियो बनाउन भन्दै साथीहरुसहित दुधौरा खोलामा हामफालेका थिए। तर, उनका साथी पौडेर किनारमा निस्किए पनि गोसाईं भने खोलाको वेगमा बगेर बेपत्ता भएका थिए ।
शुक्रबार बिहान खोलाको बगरमा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले शवको पहिचान गर्ने क्रममा उक्त शव बिक्की गोसाईंकै रहेको खुल्न आएको बाराका प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) विजयराज पण्डितले जानकारी दिए । घटनासम्बन्धी थप अनुसन्धान भइरहेको छ ।
प्रतिक्रिया
कुल कमेन्ट:
2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
cuenta de Binance
Thanks for sharing. I read many of your blog posts, cool, your blog is very good.
“oppna ett binance-konto
I don’t think the title of your article matches the content lol. Just kidding, mainly because I had some doubts after reading the article.