गैंडा लिन टाइगर रिजर्बले नेपाललाई बोलायो

Shikharkhabar Shikharkhabar
|
सोमबार, कार्तिक २०, २०७४
|
|
४० पटक हेरिएको
Shares
गैंडा लिन टाइगर रिजर्बले नेपाललाई बोलायो

सारांश

  • २० कात्तिक, चितवन ।
  • भारतको वाल्मीकि टाइगर रिजर्बनजिकै नेपाल–भारत सीमा क्षेत्रबाट झण्डै २५ किलोमिटर पर भारतीय भूमिमा दुई वटा गैंडा भेट्टिएको छ ।
  • रिजर्बबाट गैँडा रहेको जानकारी दिँदै उद्धार गर्न आग्रह गरेपछि चितवन निकुञ्जको टोली गैँडाको अवस्था बुझ्न अहिले भारत पुगेको छ ।

२० कात्तिक, चितवन । भारतको वाल्मीकि टाइगर रिजर्बनजिकै नेपाल–भारत सीमा क्षेत्रबाट झण्डै २५ किलोमिटर पर भारतीय भूमिमा दुई वटा गैंडा भेट्टिएको छ ।

रिजर्बबाट गैँडा रहेको जानकारी दिँदै उद्धार गर्न आग्रह गरेपछि चितवन निकुञ्जको टोली गैँडाको अवस्था बुझ्न अहिले भारत पुगेको छ ।

दुर्लभ एकसिंगे गैँडालाई गएको साउनमा आएको बाढीले चितवन राष्ट्रिय निकुञ्जबाट बगाएर भारत पु¥याएको अनुमान गरिएको भारत पुग्नुभएका निकुञ्जका वरिष्ठ पशु चिकित्सक डा कमल गैरेले जानकारी दिए ।

‘नेपाल–भारत सीमा क्षेत्रबाट झण्डै २५ किमी भारततर्फ दुईवटा वयस्क गैंडा देखिएका छन्, दुई–चार दिनमा उद्धार गर्नुपर्ने देखिएको छ’, डा गैरेले भने ।

भारतको वाल्मीकि टाइगर रिजर्बले गैँडा लैजान अनुरोध गरेपछि अवस्था बुझ्न भारत पुगेको उनले बताए ।

गैँडाको उद्धारका लागि हात्ती पठाइसकिएको र आवश्य सामग्री पनि लैजानेक्रम शुरु भएको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलले जानकारी दिए ।

यसअघि बाढीले बगाएका आठ गैँडालाई भारतबाट उद्धार गरिसकिएको छ । गएको साउन २८ गते आएको बाढीका कारण ती गैँडा बगाएका थिए । दुई वटा गैँडा भने बाढीका कारण मरेको थियो । बाढीले चितवन निकुञ्जको वन्यजन्तु वासस्थान नै तहसनहस बनाएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?