खालिङ संघ अमेरिका शाखाद्धारा ‘किरात राई संग्रहालय’ निर्माणार्थ साढे चार लाख सहयोग

Shikharkhabar Shikharkhabar
|
मंगलबार, माघ ९, २०७४
|
|
४२ पटक हेरिएको
Shares
खालिङ संघ अमेरिका शाखाद्धारा ‘किरात राई संग्रहालय’ निर्माणार्थ साढे चार लाख सहयोग

सारांश

  • काठमाडौं, ९ माघ ।
  • खोटाङमा निर्माणाधिन किरात राई संग्रहालयका लागि किरात खालिङ राई उत्थान संघ, अमेरिका शाखाले ४ लाख ४९ हजार ९४२ रुपैयाँ सहयोग गरेको छ ।
  • अमेरिकामा बसोबास गर्ने नेपालीहरुबाट संकलित उक्त रकम सोमबार किरात खालिङ राई उत्थान संघका केन्द्रीय अध्यक्ष अर्जुन खालिङले किरात संग्रहालय निर्माण समितिका संयोजक खुक्सङ खुम्बुलाई हस्तान्तरण गरेका हुन् ।

काठमाडौं, ९ माघ । खोटाङमा निर्माणाधिन किरात राई संग्रहालयका लागि किरात खालिङ राई उत्थान संघ, अमेरिका शाखाले ४ लाख ४९ हजार ९४२ रुपैयाँ सहयोग गरेको छ । अमेरिकामा बसोबास गर्ने नेपालीहरुबाट संकलित उक्त रकम सोमबार किरात खालिङ राई उत्थान संघका केन्द्रीय अध्यक्ष अर्जुन खालिङले किरात संग्रहालय निर्माण समितिका संयोजक खुक्सङ खुम्बुलाई हस्तान्तरण गरेका हुन् ।

खालिङ संघ, अमेरिका शाखाका अध्यक्ष मकर बहादुर खालिङ राईका अनुसार अमेरिकाको विभिन्न क्षेत्रमा बसोबास गर्ने नेपालीहरुबाट स्वेइच्छिक रुपमा रकम संकलन गरिएको थियो । रकम संकलन कार्यलाई सहज बनाउनका लागि क्षेत्रगत रुपमा फरक फरक समिति बनाएर रकम संकलन गरिएको थियो । क्षेत्रगत समितिअन्तर्गत न्यूयोक संयोजकमा संघका अध्यक्ष स्वयं मकर बहादुर खालिङ राई र ममता खालिङ राई, कोलोराडो संयोजकमा आकाश राई, फिलोडेल्फिया संयउोजकमा दुर्गा बहादुर खालिङ राई, पेन्सिलभेनीया संयोजकमा नौबहादुर खालिङ राई र टेक्सास संयोजकमा सर्बधन खालिङ राई रहेका थिए ।

रकम हस्तान्तरणपछि खालिङ संघका केन्द्रीय अध्यक्ष अर्जुन खालिङले यो अभियानको सुरुवात अत्यान्तै महत्वपूर्ण घडिमा भएको उल्लेख गर्दै योजनाअनुरुप पूरा भएपछि यसले किराती समुदायका लागि एउटा नयाँ आयम थप्ने विश्वास व्यक्त गर्नुभयो । अमेरिकाबाट रकम संलनको लागि पहल गर्ने अमेरिका शाखा र सम्पूर्ण दाताहरुलाई संस्थाको तर्फबाट धन्यवाद ज्ञापन गर्दै अध्यक्ष खालिङले संग्रहालय निर्माणको पूर्ण सफलताको शुभकामनासमेत व्यक्त गरे ।

अभियानबाट एकमुष्ट रुपमा आएको यो अहिलेसम्मकै सबैभन्दा धेरै रकम भएको संग्रहालय निर्माण समितिका संयोजक खुक्सङ खम्बुले खालिङ संस्था र दाताहरुलाई धन्यवाद दिएका थिए । उनले यस प्रकारको सहयोगले संग्रहालय निर्माण अभियानलाई थप उर्जा मिलेको भन्दै समितिले आफ्नो काम कार्यक्रम अत्यान्तै पारदर्शी ढंगबाट समयसिमाभित्रै सक्नेगरी पहल गरिरहेको दाबीसमेत गर्नुभयो । रकम हस्तान्तरण कार्यक्रममा संघका बरिष्ठ उपाध्यक्ष बलबहादुर खालिङ, निवर्तमान महासचिव प्रकाश खालिङलगायतको उपस्थिति रहेको थियो ।

ऐसेलुखर्क गाउँपालिका वडा नं. ५ (साविकको रिब्जुङ महेश्वरी गाविस वडा नं. ३ प्रच्योदेल) मा निर्माणाधिन उक्त संग्रहालयको स्केच सुरुमा स्वर्गीय अर्जुन खालिङले गरेका थिए । खोटाङ जिल्लाको सुदुर उत्तर–पुर्वी दिशामा अवस्थित रिब्जुङ थुलुङ राईहरुको ऐतिहासिक थलो पनि हो । २ करोड रुपैयाँ बराबरको योजना उक्त संग्रहालय निर्माण कार्य तीन वर्षभित्र पूरा गर्ने लक्ष्य समितिले लिएको छ । यसलाई अभियानको रुपमा अघि बढाइएको एक वर्ष पूरा भएको छ । अहिलेसम्म आर्थिक स्रोत जुटाउनेदेखि जग्गाको व्यवस्था गर्ने तथा आधारभूत सामाग्री तयार गर्ने काम भएको निर्माण समितिले जनाएको छ ।

समितिका संयोजक खम्बुकाअनुसार अहिले ८ रोपनी जग्गा निशुल्क रुपमा उपलब्ध भइसकेको छ र यसलाई बढाएर भविष्यमा कम्तिमा ५० रोपनी क्षेत्रफल बनाउने योजना छ ।

संग्रहालय किन ?
मकिरात राई जातिको ऐसितहासिक सामाग्री, धार्मिक सामाग्री, साँस्कृतिक सामाग्री, भेषभूषा, गरगहना, कला, साहित्य, सीप जस्ता बहुमुल्य सम्पदालाई संकलन गरी संरक्षण गर्नका लागि किरात संग्रहालय निर्माण गर्न लागिएको हो । भविष्यमा यस क्षेत्रलाई पर्यटकीय स्थलको रुपमा विकास गर्दै किरात अध्ययन केन्द्रको रुपमा स्थापित गर्ने र्दीकालिन योजना रहेको छ ।

संग्रहालय कस्तो बन्दैछ ?
ज‘दश किरात, दश चुल्हो, एक भान्सा’ भन्ने किराती पूरानो कथन छ । यो कथन यति गहण र मननयोग् छ कि, किरातीहरुको इतिहास, संस्कार, चालचलन संक्षिप्तमा यही एक हरफ वाक्यले बोलेको छ । यही कुरालाई हेक्का राख्दै दश किरातको प्रतिक स्वरुप दश भुजा र दश कोणमा डेकागन आकारमा किरात राई स्रग्रहालय निर्माण गरिने छ । भवन तीन तला गोलाकार हुनेछ । भवनलाई किराती बास्तुकलाले भरपुर सजाइने छ । भवनको धूरीबाट मेटलबाट निर्मित चिण्डोको बर्निङ गजुर राखिने छ । भवन पूर्णतः भूकम्प प्रतिरोधात्मक पक्की बनाइनेछ ।

संग्रहालयको बजेट कति ?
इिन्जिनियरिङ स्टिमेटअनुसार किरात राई संग्रहालयको भवन निर्माण गर्नका लागि जम्मा २ करोड रुपैयाँ लाग्नेछ । जसअन्तगृत भवन निर्माणको लागि डेढ करोड, डेकोरोसनका लागि २० लाख, पूराना सामाग्री गरिद तथा निर्माणका लागि २० लाख, प्रकाशन, प्रशासनिकलगायतका लागि १० लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

हेर्नुहोस २० तस्बिरमा धेरै रक्सी खाए पछी के गर्दै छु भन्ने नै थाह नहुने  !
हेर्नुहोस २० तस्बिरमा धेरै रक्सी खाए पछी के गर्दै छु भन्ने नै थाह नहुने !
विप्लव नेतृत्वको नेकपाका चितवन इन्चार्जको घरमा पक्राउ पूर्जी
विप्लव नेतृत्वको नेकपाका चितवन इन्चार्जको घरमा पक्राउ पूर्जी
गोरखा जाँदै प्रधानमन्त्री प्रचण्ड
गोरखा जाँदै प्रधानमन्त्री प्रचण्ड
नेदरल्याण्डको १३० रन पुरा, कप्तान पारसले लिए दुई विकेट
नेदरल्याण्डको १३० रन पुरा, कप्तान पारसले लिए दुई विकेट
सुन तस्करी प्रकरण : प्रहरीले माग्यो इन्टरपोलको सहयोग
सुन तस्करी प्रकरण : प्रहरीले माग्यो इन्टरपोलको सहयोग
फुटबल नेपाल कीर्गिस्तानसँग पराजित
फुटबल नेपाल कीर्गिस्तानसँग पराजित
शरणार्थीहरुलाई चाँडै स्वदेश फर्किने वातावरण बनाउन बङ्गलादेशका प्रधानमन्त्री आ ग्रह
शरणार्थीहरुलाई चाँडै स्वदेश फर्किने वातावरण बनाउन बङ्गलादेशका प्रधानमन्त्री आ ग्रह
अब सडकमा देखिने छैनन ट्राफिक प्रहरीका हिरो सीताराम हाछेथु
अब सडकमा देखिने छैनन ट्राफिक प्रहरीका हिरो सीताराम हाछेथु
विवाह पञ्चमी महोत्सवः आज मटकोर विधि
विवाह पञ्चमी महोत्सवः आज मटकोर विधि
प्रदेश सरकारले छुट्टै खेलुकद विकास समिति गठन गर्ने केन्द्र सरकारलाइ चेतावनी
प्रदेश सरकारले छुट्टै खेलुकद विकास समिति गठन गर्ने केन्द्र सरकारलाइ चेतावनी