धितोपत्र बजार : एक अर्बको कारोबार

Shikharkhabar Shikharkhabar
|
शनिबार, बैशाख २२, २०७५
|
|
३० पटक हेरिएको
Shares
धितोपत्र बजार : एक अर्बको कारोबार

सारांश

  • काठमाडौँ, २२ वैशाख , धितोपत्र बजारमा यस साता रु एक अर्ब ५६ करोड ७० लाख ४२ हजार बराबरको शेयर कारोबार भएको छ ।
  • नेपाल स्टक एक्चेञ्जका अनुसार कूल १७६ कम्पनीको ३२ लाख ४४ हजार ५०० कित्ता शेयर खरिद बिक्री भएका छन् ।
  • कारोबार रकम गत साताकोभन्दा ६६ दशमलव ६३ प्रतिशत कम हो ।

काठमाडौँ, २२ वैशाख , धितोपत्र बजारमा यस साता रु एक अर्ब ५६ करोड ७० लाख ४२ हजार बराबरको शेयर कारोबार भएको छ ।

नेपाल स्टक एक्चेञ्जका अनुसार कूल १७६ कम्पनीको ३२ लाख ४४ हजार ५०० कित्ता शेयर खरिद बिक्री भएका छन् । कारोबार रकम गत साताकोभन्दा ६६ दशमलव ६३ प्रतिशत कम हो ।

गत साता १८२ कम्पनीको रु चार अर्ब ६९ करोड ६१ लाख ७९ हजार बराबरका एक करोड एक लाख ८५ हजार कित्ता सेयर खरिद बिक्री भएका थिए ।

साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा १७ दशमलव १४ अंकले बढेर अन्तिम दिन १३६६ दशमलव १५ अंकमा पुगेको छ ।

‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा तीन दशमलव ३३ अंकले बढेर २८८ दशमलव २९ अंकमा आइपुगेको छ । यस साता कुनै पनि ऋणपत्रको कारोबार भएन ।

यस साता कारोबार रकमको आधारमा नेपाल बैंक लिमिटेड अग्रस्थानमा रहेको छ । सो बैंकको रु आठ करोड ५९ लाख २० हजार बराबरको शेयर कारोबार भएको छ ।

यस्तै शेयर संख्याको आधारमा पनि नेपाल बैंक लिमिटेड अग्रस्थानमा रहेको छ । सो बैंकको दुई लाख ४२ हजार कित्ता शेयर खरिद बिक्री भएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?