गैरनाफामूलक संस्थाको रुपमा दर्ता भई सिण्डिकेटबाट नाफा कमाउने अधिकार छैन : गृहमन्त्री थापा

Shikharkhabar Shikharkhabar
|
बुधबार, बैशाख ५, २०७५
|
|
२३ पटक हेरिएको
Shares
गैरनाफामूलक संस्थाको रुपमा दर्ता भई सिण्डिकेटबाट नाफा कमाउने अधिकार छैन : गृहमन्त्री थापा

सारांश

  • चितवन, ५ बैशाख ।
  • गृहमन्त्री रामबहादुर थापा बादलले यातायात क्षेत्रबाट सिण्डिकेट अन्त्य गर्ने कार्यको शुभारम्भ भएको बताएका छन् ।
  • गैरनाफामूलक संस्थाको रुपमा दर्ता गरेर सिण्डिकेट गरी नाफा कमाउने अधिकार कसैलाई नभएको उनको भनाई छ ।

चितवन, ५ बैशाख । गृहमन्त्री रामबहादुर थापा बादलले यातायात क्षेत्रबाट सिण्डिकेट अन्त्य गर्ने कार्यको शुभारम्भ भएको बताएका छन् । गैरनाफामूलक संस्थाको रुपमा दर्ता गरेर सिण्डिकेट गरी नाफा कमाउने अधिकार कसैलाई नभएको उनको भनाई छ ।

यातायात सँगसँगै अन्य क्षेत्रमा सिण्डिकेट देखिएमा त्यसलाई रोक्ने उनले बताए । चितवनमा आयोजित प्रेस भेटघाट कार्यक्रममा बोल्दै गृहमन्त्री थापाले भने, “यातायात क्षेत्र कसैले ठप्प पार्न सक्दैनन् ।”

फरक प्रसङ्गमा गृहमन्त्री थापाले शतप्रतिशत साक्षरता अभियान सफल बनाउन आफूहरु पनि लागिपरेको उल्लेख गरे । विद्यालय बाहिर कोही बालबालिका नहोस् भन्ने सरकारको यो अभियान रहेको उनले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?