सामाजिक सञ्जालमा भाइरल बनेको राष्ट्रपति र प्रधानमन्त्रीको टीका

Shikharkhabar Shikharkhabar
|
सोमबार, कार्तिक ५, २०७५
|
|
४२ पटक हेरिएको
Shares
सामाजिक सञ्जालमा भाइरल बनेको राष्ट्रपति र प्रधानमन्त्रीको टीका

सारांश

  • दशै लगभग सकि सकेको छ ।
  • कोजाग्रत पूर्णिमा आउन दुई दिन बाँकी छँदै केही तस्विरहरु भने सामाजिक सञ्जालमा भाइरल बनिरहेका छन् ।
  • ती भाइरल बनेका तस्विरहरु हुन् राष्ट्रपति र प्रधानमन्त्रीले सर्वसाधारण तथा उच्चपदस्थलाई लगाइदिएको टीकाको ।

दशै लगभग सकि सकेको छ । कोजाग्रत पूर्णिमा आउन दुई दिन बाँकी छँदै केही तस्विरहरु भने सामाजिक सञ्जालमा भाइरल बनिरहेका छन् । ती भाइरल बनेका तस्विरहरु हुन् राष्ट्रपति र प्रधानमन्त्रीले सर्वसाधारण तथा उच्चपदस्थलाई लगाइदिएको टीकाको ।

दोस्रो पटक राष्ट्रपतिमा निर्वाचित भएपछि प्रधानन्यायाधीश गोपाल पराजुलीले बिद्यादेवी भण्डारीलाई पद तथा गोपनियताको सपथ खुवाएका थिए । तर, दशैंको टीका तथा जमरा ग्रहण गर्न शितलनिवास पुगेका निवर्तमान पराजुलीले राष्ट्रपति भण्डारीका अगाडी यसरी घुँडा टेकेको फोटो सार्वजनिक भएपछि अहिले चौतर्फी आलोचना भइरहेको छ ।

प्रहरी महानिरिक्षक सर्वेन्द्र खनाल, ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जन, निर्वतमान प्रधानसेनापति राजेन्द्र क्षेत्री र नेकपाका नेता बामदेब गौतमले पनि राष्ट्रपतिसँग टिका ग्रहण गर्दा कुर्सी पाएनन् । देशको उच्च ओहोदामा पुगेर निवर्तमान भएका र बहालवाला ब्यक्तीलाई राष्ट्रपति सचिवालयले नचिन्ने कुरै भएन । तर, यस्तो ब्यवहार किन गरियो सर्वत्र आलोचना भइरहेको छ ।
शुभसाइतमा ९ बजेर ५१ मिनेटमा टीका सुरु भएको थियो । राष्ट्रपति भण्डारीका अगाडि दुई वटा कुर्सी राखियो । छोरी, ज्वाई तथा आफन्तले कुर्सीमा बसेर टीका ग्रहण गरे । त्यसलगत्तै अन्य उपस्थितले टीका तथा जमरा ग्रहण गर्ने समयमा कुर्सी हटाइयो । फेरि आफन्त आएपछि यसरी कुर्सी राखियो ।

शितल निवासमा उपराष्ट्रपति, प्रधानमन्त्री देखि उच्चपदस्थ ब्यक्तिहरुले राष्ट्रपति भण्डारीबाट टीकासँगै जमराको माला पनि कुर्सीमै बसेर लगाए । त्यसलगत्तै अन्य ब्यक्तीहरुका लागि फेरि हटाइएको थियो ।

https://www.youtube.com/watch?v=OVqUsQFe7Fk

उता प्रधानमन्त्री केपी ओलीले लगाएको टीकाको पनि आलोचना भइरहेको छ । अझ प्रधानमन्त्री ओलीले कोजाग्रत पूर्णिमासम्मै टीका लगाइदिने सार्वजनिक भए पछि त सामाजिक सञ्जालमा उनको निकै आलोचना भयो । राष्ट्रपतिले जस्तो ओलीले बसेर भने टीका लगाइदिएनन् । उनले उभिएरै टीका लगाइरहेका छन् तर, उनले बाँया हातले जमरा दिइरहेको कुरा पनिमा पनि आलोचना भइरहेको छ ।

तस्विर : सामाजिक सञ्जाल

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चिनले किन गर्यो तातोपानीमा नाकाबन्दी ?
चिनले किन गर्यो तातोपानीमा नाकाबन्दी ?
‘डोरमणिले राजा ज्ञानेन्द्रको पारामा मलाई हप्काएपछि मैले पनि चर्को स्वर निकालेको हूँ’ : केशव स्थापित (भिडियाे सहित)
‘डोरमणिले राजा ज्ञानेन्द्रको पारामा मलाई हप्काएपछि मैले पनि चर्को स्वर निकालेको हूँ’ : केशव स्थापित (भिडियाे सहित)
आइतबारको बिदा हटाउने सरकारको निर्णय, असार १ गतेदेखि लागू हुने
आइतबारको बिदा हटाउने सरकारको निर्णय, असार १ गतेदेखि लागू हुने
कुटपिटबाट मृत्यु तथा अभियुक्त पक्राउ
कुटपिटबाट मृत्यु तथा अभियुक्त पक्राउ
चितवन-२ मा  रवि लामिछाने ५४ हजार १७५ मत ल्याउँदै विजयी
चितवन-२ मा रवि लामिछाने ५४ हजार १७५ मत ल्याउँदै विजयी
टि–२० विश्वकप क्रिकेटको एशिया छनोट खेलतालिका सार्वजनिक
टि–२० विश्वकप क्रिकेटको एशिया छनोट खेलतालिका सार्वजनिक
वामदेवको एकता अभियानमा के के देखियो
वामदेवको एकता अभियानमा के के देखियो
मतदानको लाइनमा बसेका बेला दुई जना ज्येष्ठ नागरिकको मृत्यु
मतदानको लाइनमा बसेका बेला दुई जना ज्येष्ठ नागरिकको मृत्यु
याे वर्ष मात्रै अमेरिकामा गोली हानि १८८ जनाको हत्या
याे वर्ष मात्रै अमेरिकामा गोली हानि १८८ जनाको हत्या
विधान विपरित कांग्रेसमा दुई उपसभापति, महासमिति बैठक सर्याे
विधान विपरित कांग्रेसमा दुई उपसभापति, महासमिति बैठक सर्याे