गैर अंग्रजी भाषाको फिल्मलाई पहिलो पटक ओस्कार

Shikharkhabar Shikharkhabar
|
सोमबार, माघ २७, २०७६
|
|
१९ पटक हेरिएको
Shares
गैर अंग्रजी भाषाको फिल्मलाई पहिलो पटक ओस्कार

सारांश

  • दक्षिण कोरियाली फिल्म ‘प्यारासाइट’ २०२० को ओस्कार अवार्ड जित्न सफल भएको छ।
  • ओस्कार अर्वाड जित्ने प्यारासाइट चलचित्र अंग्रेजीबाहेक विभिन्न भाषमा पनि बनेको छ।
  • ओस्कारमा कुनै पनि गैरअंग्रेजी फिल्मले उत्कृष्ट फिल्मको पुरस्कार जितेको यो पहिलोपटक हो ।

दक्षिण कोरियाली फिल्म ‘प्यारासाइट’ २०२० को ओस्कार अवार्ड जित्न सफल भएको छ। ओस्कार अर्वाड जित्ने प्यारासाइट चलचित्र अंग्रेजीबाहेक विभिन्न भाषमा पनि बनेको छ।

ओस्कारमा कुनै पनि गैरअंग्रेजी फिल्मले उत्कृष्ट फिल्मको पुरस्कार जितेको यो पहिलोपटक हो । भिन्न वर्गका दुई परिवारको कथामा आधारित यो फिल्मलाई बोङ जुन होले निर्देशन गरेका हुन्। फिल्मका निर्माता क्वाक सिन आइले पुरस्कार लिएपछि भने, ‘म शब्दविहीन भएको छु, हामीले यस्तो हुन्छ भनेर कल्पनासम्म पनि गरेका थिएनौं, यस क्षणलाई म इतिहासकै विशेष अवसरको रुपमा महसुस गरेको छु।’

यस वर्षको ओस्कारमा प्यारासाइटले उत्कृष्ट फिल्मसहित ४ विधा हात पारेको छ। प्यारासाइटका निर्देशक बोङ जुन हो उत्कृष्ट निर्देशक बन्न सफल भएका छन् भने प्यारासाइटले ओरिजनल स्क्रीनप्ले अवार्ड पनि जितेको छ।

यसैगरी ‘जुडी’ फिल्मबाट रेनी जेलवेगरले उत्कृष्ट अभिनेत्री र ‘जोकर’ फिल्मबाट जोकिन फोनिक्सले उत्कृष्ट अभिनेताको पुरस्कार जितेका छन्।

ब्राड पिटले ‘वान्स अपन अ टाइम इन हलिउड’बाट र लाउरा डर्नले ‘म्यारिज स्टोरी’बाट उत्कृष्ट सहअभिनेता तथा सहअभिनेत्रीको पुरस्कार जितेका छन्। यस वर्ष ‘सर साम मेन्डेज १९१७’ले ३ विधामा ओस्कार जितेको छ।

(fleshbot.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?