उपप्रधानमन्त्री श्रेष्ठ चीन प्रस्थान

Shikharkhabar Shikharkhabar
|
सोमबार, आश्विन २९, २०८०
|
|
४७ पटक हेरिएको
Shares
उपप्रधानमन्त्री श्रेष्ठ चीन प्रस्थान

सारांश

  • काठमाडौं ।
  • तेस्रो ‘बेल्ट एण्ड रोड फोरम फर इन्टरनेशनल कोअपरेशन’मा सहभागी हुन उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ नेतृत्वको प्रतिनिधिमण्डल आज चीनको राजधानी बेइजिङ प्रस्थान गरेको छ ।
  • त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा उपप्रधानमन्त्री एवम् गृहमन्त्री श्रेष्ठलाई गृह मन्त्रालयका सचिव दिनेशकुमार भट्टराईलगायतका उच्च सरकारी अधिकारीले बिदाई गरे ।

काठमाडौं । तेस्रो ‘बेल्ट एण्ड रोड फोरम फर इन्टरनेशनल कोअपरेशन’मा सहभागी हुन उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ नेतृत्वको प्रतिनिधिमण्डल आज चीनको राजधानी बेइजिङ प्रस्थान गरेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा उपप्रधानमन्त्री एवम् गृहमन्त्री श्रेष्ठलाई गृह मन्त्रालयका सचिव दिनेशकुमार भट्टराईलगायतका उच्च सरकारी अधिकारीले बिदाई गरे ।

मङ्गलबार र बुधबार बेइजिङमा हुने सो सम्मेलनमा हरित विकाससम्बन्धी उच्चस्तरीय मञ्चको नीति एवम् प्रगतिबारेमा छलफल हुने छ । सो कार्यक्रमलाई उपप्रधानमन्त्री श्रेष्ठले विशेष सम्बोधन गरने कायक्रम छ । सम्मेलनको पहिलो दिन भोलि मङ्गलबार चिनियाँ राष्ट्रपति सी चिनपिङले आयोजना गरने रात्रिभोजमा उपप्रधानमनत्री श्रेष्ठ सहभागी हुनेछन् । सम्मेलनमा विभिन्न देशका राष्ट्राध्यक्ष र सरकार प्रमुख सहभागी हुने बताइएको छ ।

उपप्रधानमन्त्री श्रेष्ठ नेतृत्वको भ्रमण टोलीमा गृहमन्त्रालयका सहसचिव नारायणप्रसाद भट्टाई, परराष्ट्र मन्त्रालयका सहसचिव अमृत राई, विपद् तथा जोखिम न्यूनीकरण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेललगायतको सहभागिता छ ।

(thetelegramnews.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

साफ यू-१७: श्रीलंकामाथि नेपालको फराकिलो जित
साफ यू-१७: श्रीलंकामाथि नेपालको फराकिलो जित
१२५ थान मतदाता परिचय पत्र खोसेर भाग्ने निवर्तमान वडाध्यक्ष पक्राउ
१२५ थान मतदाता परिचय पत्र खोसेर भाग्ने निवर्तमान वडाध्यक्ष पक्राउ
दश दिन नपुग्दै ट्रम्पका सञ्चार प्रमुख एन्टनी स्कारामुची बरखास्त
दश दिन नपुग्दै ट्रम्पका सञ्चार प्रमुख एन्टनी स्कारामुची बरखास्त
कास्कीमा १९ राजनीतिक दल र १०० उम्मेदवार चुनावी मैदानमा
कास्कीमा १९ राजनीतिक दल र १०० उम्मेदवार चुनावी मैदानमा
सत्ता गठबन्धनको बैठक बस्दै, निर्वाचन सम्बन्धी छलफल हुने
रवि लामिछानेको रुपन्देहीमा बयान सकियो
रवि लामिछानेको रुपन्देहीमा बयान सकियो
एक्सनमा उत्रियो कास्की प्रहरी, स्वीप अप्रेशनमा एकैदिन ९१ व्यक्ति नियन्त्रणमा
एक्सनमा उत्रियो कास्की प्रहरी, स्वीप अप्रेशनमा एकैदिन ९१ व्यक्ति नियन्त्रणमा
छिटो र सहज न्यायका लागि योजनाबद्धरुपमा काम भइरहेको छ- प्रधानन्यायाधीश
छिटो र सहज न्यायका लागि योजनाबद्धरुपमा काम भइरहेको छ- प्रधानन्यायाधीश
यसकारण हुन्छ कोठामा सामूहिक मृत्यु
यसकारण हुन्छ कोठामा सामूहिक मृत्यु
रिचार्जरको एप डाउनलोड गर्दा सय रुपैयाँ क्यास ब्याक, मोबाइलमा जत्तिको रिचार्ज गर्यो त्यति नै फिर्ता पनि
रिचार्जरको एप डाउनलोड गर्दा सय रुपैयाँ क्यास ब्याक, मोबाइलमा जत्तिको रिचार्ज गर्यो त्यति नै फिर्ता पनि