गोठाटारमा गोली लागेका मोहम्मदको मृत्यु

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आश्विन ४, २०७९
|
|
७९ पटक हेरिएको
Shares
गोठाटारमा गोली लागेका मोहम्मदको मृत्यु

सारांश

  • काठमाडौं।
  • काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका–८, गोठाटारमा गोली लागेर गम्भीर घाइते भएका लाल मोहम्मदको उपचारका क्रममा मृत्यु भएको छ।
  • सर्लाहीको हरिवन नगरपालिका-२ का ५५ वर्षीय मोहम्मदलाई हिजो साँझ बन्दुकधारी समूहले गोली हानेको थियो।

काठमाडौं।काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका–८, गोठाटारमा गोली लागेर गम्भीर घाइते भएका लाल मोहम्मदको उपचारका क्रममा मृत्यु भएको छ।

सर्लाहीको हरिवन नगरपालिका-२ का ५५ वर्षीय मोहम्मदलाई हिजो साँझ बन्दुकधारी समूहले गोली हानेको थियो। टाउको र तिघ्रामा गोली लागेपछि उपचारका क्रममा त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्ज लगिएका मोहम्मदको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए।

गोली हान्ने व्यक्तिको खोजी र घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक भरतबहादुर बोहरा र काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख जनक भट्टराईलगायतको टोली अहिले घटनास्थलमा खटिएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ