प्रधाननयायाधीशको पक्षमा केसीः पराजुलीको पक्षमा रक्षा कवज बनेर उभिने
सारांश
- काठमाडौं, २७ पुस ।
- नेपाल बार एशोसियसनका अध्यक्ष शेरबहादुर केसीले प्रधानन्यायाधीश गोपाल पराजुलीको गलत रुपमा प्रचार गरिनु दुःखदायी भएको बताएका छन् ।
- केसीले सर्वोच्च अदालतको पछिल्लो आदेशमा प्रधानन्यायाधीश पराजुलीको शैक्षिक प्रमाणपत्र र नागरिकता झिकाउन भनिएको विषयलाई गलत रुपमा प्रचार गरिनु दुःखदायी भएको टिप्पणी गरे ।
काठमाडौं, २७ पुस । नेपाल बार एशोसियसनका अध्यक्ष शेरबहादुर केसीले प्रधानन्यायाधीश गोपाल पराजुलीको गलत रुपमा प्रचार गरिनु दुःखदायी भएको बताएका छन् ।
केसीले सर्वोच्च अदालतको पछिल्लो आदेशमा प्रधानन्यायाधीश पराजुलीको शैक्षिक प्रमाणपत्र र नागरिकता झिकाउन भनिएको विषयलाई गलत रुपमा प्रचार गरिनु दुःखदायी भएको टिप्पणी गरे ।
बिहीबार पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले आफूहरु प्रधानन्यायाधीश गोपाल पराजुलीको पक्षमा रक्षा कवज बनेर उभिने समेत बताए ।
उनले भने, ‘उहाँको नागरिकता र प्रमाणपत्रको बारेमा कुरा उठेकोले हेर्नको लागि मगाईएको हो, नागरिकता र प्रमाणपत्र ल्याउनु भनेको विषयमा दलका नेताहरुले सडकमा गएर अदालतको बारेमा बोल्नु भनेको गलत हो, यो कानूनी राज्यमाथिको प्रहार हो, यो काम हामीलाई सह्यै छैन् ।’
पराजुलीको नागरिकता र शैक्षिक प्रमाणपत्रबारे यसअघिपनि कुरा उठेकोमा न्याय परिषद र संसदीय समितिले समेत गलत नपाईएको भनेर स्पष्ट पारेको अवस्थामा अहिले आएर फेरि विवादित बनाउनु गलत भएको उनको भनाई थियो ।
प्रतिक्रिया