‘गोरे’ पक्राउ प्रकरण: आत्मसमर्पण गरेको तथ्य फेला !

Shikharkhabar Shikharkhabar
|
मंगलबार, जेठ ८, २०७५
|
|
३६ पटक हेरिएको
Shares
‘गोरे’ पक्राउ प्रकरण: आत्मसमर्पण गरेको तथ्य फेला !

सारांश

  • काठमाडौं, ८ जेठ  ।
  • सनम हत्या र ३३ किलो सुन काण्डका मुख्य अभियुक्त चुडामणी उप्रेती ‘गोरे’लाई पक्राउ गरिएको भन्दै प्रहरीले  मंगलबार (आज) सार्वजनिक गरेको छ ।
  • गोरे कसरी कहाँ पक्राउ परे ?

काठमाडौं, ८ जेठ  ।सनम हत्या र ३३ किलो सुन काण्डका मुख्य अभियुक्त चुडामणी उप्रेती ‘गोरे’लाई पक्राउ गरिएको भन्दै प्रहरीले  मंगलबार (आज) सार्वजनिक गरेको छ ।

गोरे कसरी कहाँ पक्राउ परे ? यसको खोजी गर्दा पक्राउ होईन गोरेलाई आत्मसमर्पण गरेको तथ्य फेला परेको छ । मोरङ उर्लाबारी नगरपालिका ७ स्थायी घर भएका ३७ वर्षीया गोरे गौरीघाटमा लुकेर बसेको अवस्थामा पक्राउ गरेको छानबिन समितिले दाबी गरेको छ ।

गोरेले ०७५ जेठ ३ गते नेपाल मानवअधिकार संगठनमार्फत् गोरेले जीवन रक्षासहित आत्मसमर्पण गरेको पत्र फेला परेको छ । उक्त पत्रमा लेखिएका छन् ‘प्रस्तुत विषयमा हाल नेपालमा चर्चामा रहेको ३३ किलो सुन प्रकरणमा मलाई मात्र दोषी देखाई विभिन्न पक्ष व्यक्तिले मेरै ज्यान लिनेसम्मको घटना घटाई अनुसन्धानमा रहेको विषयमा आफ्ना कुरा राख्न समेत बञ्चित गराउने र दोष जति सबै मेरा थाप्लामा हाल्ने देखिएकोले म आफ्नो राय राख्न तथगा मसँग भएका प्रमाणहरु सम्बन्धित अदालत वा छानबिन समिति समक्ष राख्न चाहन्छु ।’

‘३३ किलो सुन काण्डमा तीन जनाको हत्या भइसकेकाले आफ्नो पनि जीवन खतरामा परेको भन्दै उनले आत्मसमर्पण गर्नु परेको उल्लेख गरेका छन् । ‘यस बीचमा यसै घटनासँग सम्बन्धित हुन सक्ने तीनजनाको समेत हत्या वा मृत्यु भइसकेको थाहा पाएको हुँदा मेरो पनि जीवन खतरा पूर्ण रहेको देखिन्छ। हाल म लुकिछिपी बाच्नु परेकोले आफ्ना कुरा राख्न समेत पाएको छैन।

सो सम्बन्धमा मसँग रहेका, भएका विषय राख्ने वातावरण बनाइदिनु हुन अनुरोध गर्दछु’, गोरेले लेखेको आत्मसमर्पण पत्रमा थप लेखिएको छ, ‘मेरो जीवन रक्षाहोस्। कानुनलाई सघाउन तथा आफ्ना कुरा राख्न पाउँ भन्दै तपाईमार्फत् नेपाल मानव अधिकार संगठन समक्ष यो निवेदन गर्दछु। सुरक्षित रुपमा न्यायालयमा पुग्न सक्ने मिति, स्थान र समयको प्रबन्ध मिलाई दिनु हुन समेत अनुरोध गर्दछु’ गोरेले उक्त पत्रमा लेखेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?