पक्राउ पर्ने डरले दीपक मनाङे सपथ लिन गएनन्
सारांश
- पोखरा, ७ माघ ।
- प्रदेश नम्बर ४ अन्तर्गत मनाङबाट प्रदेशसभा (ख)मा निर्वाचित स्वतन्त्र सांसद् दीपक मनाङे नामले चिनिने राजीव गुरुङ प्रदेशसभा सदस्यको सपथ ग्रहणमा उपस्थित भएनन् ।
- फौजदारी मुद्दामा दोषी ठहर गर्दै पनरावेदन अदालत पाटन पक्राउ गर्ने आदेश दिएसँगै उनी फरार छन् ।
पोखरा, ७ माघ । प्रदेश नम्बर ४ अन्तर्गत मनाङबाट प्रदेशसभा (ख)मा निर्वाचित स्वतन्त्र सांसद् दीपक मनाङे नामले चिनिने राजीव गुरुङ प्रदेशसभा सदस्यको सपथ ग्रहणमा उपस्थित भएनन् । फौजदारी मुद्दामा दोषी ठहर गर्दै पनरावेदन अदालत पाटन पक्राउ गर्ने आदेश दिएसँगै उनी फरार छन् ।
प्रदेशसभा सदस्यको सपथ नलिँदै उनी ज्यानमुद्दामा दोषी ठहर भएपछि उनले सपथ लिन पाएनन् । प्रदेश ४ का सांसद्को पद तथा गोपनियताको सपथ ग्रहण कार्यक्रम पोखरामा आइतबार सकिएको छ । तर शपथ मनाङे नआएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी अशोक सिहंले जानकारी दिए ।
प्रदेश प्रमुख बाबुराम कुँवरले आइतबार बिहान पदभार ग्रहण गरेलगत्तै सपथ ग्रहणको कार्यक्रम भएको थियो ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया