चैत १० देखि भोजपुर गोल्डकप

Shikharkhabar Shikharkhabar
|
बुधबार, चैत्र ८, २०७९
|
|
२२ पटक हेरिएको
Shares
चैत १० देखि भोजपुर गोल्डकप

सारांश

  • टक्सार (भोजपुर) ।
  • भोजपुर नगरपालिकाको मुख्य प्रायोजनमा यही चैत १० गतेदेखि सदरमुकामको स्थानीय टुँडिखेलमा छैटौँ अन्तर्राष्ट्रिय आमन्त्रण मेयर भोजपुर गोल्डकप प्रतियोगिताको आयोजना हुने भएको छ ।
  • करिब रु ३३ लाखको लागतमा सञ्चालन हुने प्रतियोगिताका लागि नगरपालिकाले रु २५ लाख सहयोग गरेको भोजपुर जिल्ला फुटबल सङ्घका अध्यक्ष प्रवीण सुवालले बताए ।

टक्सार (भोजपुर) । भोजपुर नगरपालिकाको मुख्य प्रायोजनमा यही चैत १० गतेदेखि सदरमुकामको स्थानीय टुँडिखेलमा छैटौँ अन्तर्राष्ट्रिय आमन्त्रण मेयर भोजपुर गोल्डकप प्रतियोगिताको आयोजना हुने भएको छ ।

करिब रु ३३ लाखको लागतमा सञ्चालन हुने प्रतियोगिताका लागि नगरपालिकाले रु २५ लाख सहयोग गरेको भोजपुर जिल्ला फुटबल सङ्घका अध्यक्ष प्रवीण सुवालले बताए ।

नगरपालिकाले खेलकुद क्षेत्रको विकासका लागि बजेटको व्यवस्थापन गरिदिन थालेको छ । नगरपालिकाले प्रत्येक वर्ष फुटबल प्रतियोगिताका लागि वार्षिक कार्यक्रममा नै बजेट विनियोजन गर्ने गरेको छ ।
  
“जिल्लाको खेलकुद क्षेत्रको विकासका लागि नगरपालिकाले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको छ, सानो रकमले भोजपुर जस्तो दुर्गम ठाउँमा अन्तर्राष्ट्रियस्तरको प्रतियोगिता सञ्चालन गर्न सकिँदैन”, अध्यक्ष सुवालले भने । जिल्लाकै प्रतिष्ठित छैटाैँ अन्तर्राष्ट्रिय आमन्त्रण मेयर भोजपुर गोल्डकप प्रतियोगिताको तयारीसमेत पूरा भएको छ ।
  
गोेल्डकपको तयारी अन्तिम चरणमा पुगेको बताउँदै सुवालले प्रतियोगिता सञ्चालनका लागि रु ३२ लाख ८० हजार लाग्ने बताए । प्रतियोगिताको सहप्रायोजकमा शिवम फुटवेयर्स प्रालि, अन्नपूर्ण सिमेन्ट कम्पनी प्रालि र सिजी बु्रअरी रहेको प्रतियोगिताका संयोजक आङपासाङ शेर्पाले जानकारी दिए ।
  
गोल्डकपको तयारीका विषयमा आज आयोजित पत्रकार सम्मेलनमा प्रतियोगितामा नेपालभित्रका छ र बाहिरका दुई टिमको सहभागिता हुने जानकारी दिइयो । प्रतियोगितामा युकेएफसी भारत, एभिनियर फुटबल क्लब क्यामरुन, भोजपुर जिल्ला फुटबल सङ्घ, एनबिवाइसी सप्तरी, गोर्खा ब्वाइज रुपन्देही, डाँगीहाट युथ क्लब मोरङ, भगवती स्पोर्ट्स क्लब खोटाङ र बसाहा क्लब उदयपुर सहभागी हुनेछन् । भोजपुर नगरपालिका–७ मा बन्दै गरेको रङ्गशालाको निर्माण कार्य पूरा नभएकाले यस वर्षको प्रतियोगिता पनि टुँडिखेलमा नै सञ्चालन हुन लागेको आयोजकले जानकारी गराएको छ ।

प्रतियोगिताको विजेताले उपाधिसहित नगद रु पाँच लाख र उपविजेताले रु तीन लाख पाउनेछ भने व्यक्तिगत विधातर्फ पनि आकर्षक पुरस्कारको व्यवस्था गरिएकोे छ । प्रतियोगिता चैत १६ गतेसम्म सञ्चालन हुनेछ ।

(https://uniforumtz.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?