युवा संघ नेपाल र वाईसीएल नेपालका सबै कार्यक्रम स्थगित !
सारांश
- काठमाडौं, ३१ जेठ ।
- तत्कालिन एमालेको भ्रातृ संगठन युवा संघ र माओवादी केन्द्रको भ्रातृ संगठन वाईसीएल नेपालले अाज बाट अाफ्ना कार्यहरू स्थगित गरेकाे छ ।
- युवा संघ नेपाल र वाईसीएलको तत्कालिन माओवादी केन्द्रको पार्टी कार्यालय कोटेश्वरमा बसेको संयुक्त बैंठकले दुबै संगठन ले अाफ्न गतिबिधि अगाडि नबढाउने निणय गरेकाे हाे ।
काठमाडौं, ३१ जेठ । तत्कालिन एमालेको भ्रातृ संगठन युवा संघ र माओवादी केन्द्रको भ्रातृ संगठन वाईसीएल नेपालले अाज बाट अाफ्ना कार्यहरू स्थगित गरेकाे छ ।
युवा संघ नेपाल र वाईसीएलको तत्कालिन माओवादी केन्द्रको पार्टी कार्यालय कोटेश्वरमा बसेको संयुक्त बैंठकले दुबै संगठन ले अाफ्न गतिबिधि अगाडि नबढाउने निणय गरेकाे हाे ।
युवासंघ नेपालका अध्यक्ष रमेश पाैडेलले अबकाे लडार्इ विकास बिराेधि र बिकासका पक्षधर बिच हुने बताए । उनले भने’ बिगतलार्इ सम्झदै हिजाेका दिनमा वाइसिएल नेपाल र युवासंघ बिच जे जस्ता लडाइ भए अब बाट सबैमा पुर्णबिराम लागेकाे छ । अब देशकै दुइ शक्तिशाली भातृ संगठनहरू एकै ठाउँमा उभिएका छन । अब अाम युवाहरूकाे भावनालाइ समेट्दै देशैभरी रहेका युवाहरूलाइ यस संगठनले संगठित गर्दै विकासमा लगाउने छ ।’
दुईवटै पार्टी एक भएपछि भ्रातृ संगठन पनि एक भएर अगाडि बढ्ने निर्णय गरिएको वाईसीएल नेताहरुले बताए । संगठन विस्तारका लागि दुबै संगठनका नेता सम्मिलित कार्यदल बनाएर अगाडि बढ्ने निर्णय पनि बैंठकले गरेको छ ।
अब बन्ने नेपाल कम्युनिष्ट पार्टीको युवा भ्रातृ संगठनमा दुबै पार्टीका युवा नेता समावेश गर्नु पर्ने भएकाले झण्डै चारसयको केन्द्रीय समिति बन्ने जनाइएको छ । बैठकमा युवा संगठनले लिने रणनीति, पार्टी र सरकारको पनि समीक्षा गरेको छ ।
२०४७ जेठ १ गते गठन भएकाे युवासंघ नेपालकाे सस्थापन अध्यक्ष हालका प्रधानमन्त्री केपी शर्मा अाेली थिए । त्यसैगरी वाइसिएल नेपालका अध्यक्ष गणेश पुन सागर थिए ।
Gobinda Neupane
कसैले केही माखो मार्दैन, आफ्नो पार्टी प्रती आस्था राख्यो भने बालकृष्ण ढुङ्गेल जस्ता नरपिचास लाई त इनाम मिल्छ भने अब यो भन्दा ठुलो अपराधी कोहि छ नेपाल मा???
अनि आस्था कै आधार मा यस्ता जघन्य अपराधी लाई माफी दिने अपराधी का ठेकेदार हरुबाट फेरि कुनै निष्पक्ष शासन प्रशासन को कल्पना त सपनामा पनि नगरे हुन्छ नि।