चीन र पाकिस्तानको कब्जामा रहेको भूभागसहित आफ्नो दावी गर्दै भारतले जारी गर्यो नयाँ नक्शा

Shikharkhabar Shikharkhabar
|
आइतबार, कार्तिक १७, २०७६
|
|
३६ पटक हेरिएको
Shares
चीन र पाकिस्तानको कब्जामा रहेको भूभागसहित आफ्नो दावी गर्दै भारतले जारी गर्यो नयाँ नक्शा

सारांश

  • नयाँ दिल्ली (एजेन्सी) भारत सरकारले शनिबार जम्मू कश्मीर र लद्दाखलाई केन्द्रशासित प्रदेश बनाएपछि नयाँ नक्शा जारी गरेको छ।
  • यो नक्शा भारतको सर्वे जनरलले तयार गरेको हो।
  • गृहमन्त्रालयले केन्द्रशासित प्रदेश लद्दाखमा दुई जिल्ला हुने बताएको छ।

नयाँ दिल्ली (एजेन्सी) भारत सरकारले शनिबार जम्मू कश्मीर र लद्दाखलाई केन्द्रशासित प्रदेश बनाएपछि नयाँ नक्शा जारी गरेको छ।यो नक्शा भारतको सर्वे जनरलले तयार गरेको हो। गृहमन्त्रालयले केन्द्रशासित प्रदेश लद्दाखमा दुई जिल्ला हुने बताएको छ। कारगिल र लेह दुई जिल्ला भएका छन्। बाँकी २६ जिल्ला जम्मू कश्मीरमा रहने गृहमन्त्रालयले जनाएको छ।

भारत सरकारका तर्फबाट जारी गरिएको विज्ञप्तिमा प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री अमित शाहको सुपरिभिजनमा जम्मू कश्मीर र लद्दाखको सीमा निर्धारण गरिएको उल्लेख छ।यो नक्शाअनुसार भारतमा अब २८ राज्य र ९ केन्द्र शासित प्रदेश भएका छन्।५ अगस्ट २०१९ मा भारतीय संसदले संविधानको धारा ३७० र ३५ एलाई निष्प्रभावी बनाउने प्रस्ताव बहुमतले पारित गरेको थियो। संसदले सो प्रस्ताव पारित गरेपछि राष्ट्रपतिले यी धाराहरुलाई खारेज गरेका थिए। र जम्मू कश्मीरको पुनर्गठन गर्ने कानुन स्वीकृत गरेका थिए।

१९४७ मा जम्मू कश्मीरमा १४ जिल्ला थिए। कठुवा, जम्मू, उधमपुर, बारामुला, पूंछ, मीरपुर, मुजफ्फराबाद, लेह र लद्दाख, गिलगित, गिलगित वजारत, चिल्लाह एवं ट्रायबल टेरेरिटी ती जिल्ला थिए।२०१९ मा सरकारले जम्मू कश्मीरको पुनर्गठन गर्दै १४ जिल्लालाई २८ जिल्लामा विभाजन गर्यो। नयाँ जिल्लाको नाम – कुपवाडा, बांदीपुर, गेंदरबल, श्रीनगर, बडगाम, पुलवामा, सोपियाँ, कुलगाम, राजौरी, डोडा, किश्तावार, संबा, लेह र लद्दाख।

यो नयाँ नक्शाबारे सामाजिक सञ्जालमाहरु तिखो प्रतिक्रिया आइरहेका छन्। फेसबुकमा डांडू कीर्ति रेड्डीले लेखेका छन्, ‘के पाकिस्तान र चीनले स्वतन्त्र कश्मीर, गिलगित बाल्टिस्तान र अक्साई चीन भारतलाई फिर्ता गरेरु यो कहिले भयो।’जम्मू कश्मीरको केही भाग पाकिस्तानको कब्जामा छ। केही भाग चीनको कब्जामा छ। तर, भारतले जम्मू कश्मीरको पूर्ण भूभाग समेटेर नयाँ राजनीतिक नक्शा जारी गरेको हो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?