आजको मौसमः पश्चिमी भू-भागमा पश्चिमी वायुको सामान्य प्रभाव रहने

Shikharkhabar Shikharkhabar
|
आइतबार, कार्तिक २६, २०८०
|
|
२९ पटक हेरिएको
Shares
आजको मौसमः पश्चिमी भू-भागमा पश्चिमी वायुको सामान्य प्रभाव रहने

सारांश

  • काठमाडौं।
  • हाल देशको पश्चिमी भू-भागमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।
  • जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागको मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहेको छ।

काठमाडौं। हाल देशको पश्चिमी भू-भागमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागको मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहेको छ।

दिउँसो सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागको मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहनेछ। सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशको पहाडी भू-भागका थोरै र बाँकी पहाडी भू-भागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

राति भने कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागको मौसम आंशिक बदली देखि सामान्यतया सफा रहनेछ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशको पहाडी भू-भागका थोरै र बाँकी पहाडी भू-भागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। साथै देशभरको तापक्रम क्रमिक रूपमा घटिरहेको हुनाले त्यसबाट हुन सक्ने क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेकाे छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जसपा अध्यक्षद्वय यादव र भट्टराईद्वारा संयुक्त चुनावी सभा बहिस्कार
जसपा अध्यक्षद्वय यादव र भट्टराईद्वारा संयुक्त चुनावी सभा बहिस्कार
पत्रकारितासँगै निर्देशनमा पनि ल्हाक्पा शेर्पा…
पत्रकारितासँगै निर्देशनमा पनि ल्हाक्पा शेर्पा…
पैसावाल दीपक बोहोरा, सिद्धान्तवाल घनश्याम भुसाल !
पैसावाल दीपक बोहोरा, सिद्धान्तवाल घनश्याम भुसाल !
नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट
नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट
काठमाडौंमा एकैदिन १४०३ जना कोरोना संक्रमित थपिए
लुम्बिनी, पशुपतिनाथ र जनकपुरलाई जोड्ने सर्किट बनाउनु पर्नेमा प्रचण्डको यस्तो तर्क
लुम्बिनी, पशुपतिनाथ र जनकपुरलाई जोड्ने सर्किट बनाउनु पर्नेमा प्रचण्डको यस्तो तर्क
धर्म निरपेक्षता जनआन्दोलनको माग होइन, जनमत संग्रह गर्नुपर्छ : मोहन बस्नेत
धर्म निरपेक्षता जनआन्दोलनको माग होइन, जनमत संग्रह गर्नुपर्छ : मोहन बस्नेत
आइएस अातङ्क जारी, ३६ महिला र बालबालिका अपहरण !
आइएस अातङ्क जारी, ३६ महिला र बालबालिका अपहरण !
वर्षाको भल सँगै बग्यो करोडौँ बजेट
वर्षाको भल सँगै बग्यो करोडौँ बजेट
चलचित्र निर्माता संघका अध्यक्ष तथा कलाकार संघका पूर्व अध्यक्ष नवल खड्कासँगको   शिखर सम्बाद !
चलचित्र निर्माता संघका अध्यक्ष तथा कलाकार संघका पूर्व अध्यक्ष नवल खड्कासँगको शिखर सम्बाद !

तपाईंले छुटाउनुभयो कि?