देउवा, ओली र प्रचण्डबीच वार्ता सुरु,चुनाव र विवादित राष्ट्रिय सभाका विषयमा छलफल हुने
सारांश
- रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच त्रिपक्षीय वार्ता सुरु भएको छ ।
- केहिबेर अघि प्रधानमन्त्री कार्यालय सिंहदरबारमा सुरु बैठकमा आगामी मंसिरमा हुन लागेको प्रदेश र संघीय चुनावको तयारी र रािष्ट्रय सभाको विषयमा छलफल हुने जनाइएको छ ।
- राष्ट्रिय सभा सदस्य चयनका विषयमा कांग्रेस र एमाले –माओवादीबीच विवाद भइरहेको छ ।
रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच त्रिपक्षीय वार्ता सुरु भएको छ । केहिबेर अघि प्रधानमन्त्री कार्यालय सिंहदरबारमा सुरु बैठकमा आगामी मंसिरमा हुन लागेको प्रदेश र संघीय चुनावको तयारी र रािष्ट्रय सभाको विषयमा छलफल हुने जनाइएको छ ।
राष्ट्रिय सभा सदस्य चयनका विषयमा कांग्रेस र एमाले –माओवादीबीच विवाद भइरहेको छ । कांग्रेसले एकल संक्रमणीय प्रणालीबाट राष्ट्रिय सभा सदस्य छान्नु पर्ने बताउँदै आएको छ भने एमाले र माओवादीले स्थानीय निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिले भोट हालेर सदस्य छान्नु पर्ने बताउँदै आएको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया