ग्याँसको कृत्तिम अभाव

Shikharkhabar Shikharkhabar
|
आइतबार, चैत्र २, २०७६
|
|
२६ पटक हेरिएको
Shares
ग्याँसको कृत्तिम अभाव

सारांश

  • काठमाडौं, २ चैत्र ।
  • देशमा खाना पकाउने एलपी ग्याँसको कृत्तिम अभाव सृजना गरिएको छ ।
  • कोरोना भाइरसको संक्रमणको हल्ला चलाएर ग्याँस आपूर्ति कमी भएको भन्दै कृत्तिम अभाव सृजना गरिएको हो ।

काठमाडौं, २ चैत्र । देशमा खाना पकाउने एलपी ग्याँसको कृत्तिम अभाव सृजना गरिएको छ । कोरोना भाइरसको संक्रमणको हल्ला चलाएर ग्याँस आपूर्ति कमी भएको भन्दै कृत्तिम अभाव सृजना गरिएको हो ।

उपभोक्ताले ग्याँस सहज रुपमा पाइरहेका छैनन् । एकातर्फ सरकारले कोरोना भाइरसको संक्रमण फैलन नदिन मानिसहरुलाई सावधानी अपनाउन र घरबाट सकेसम्म ननिस्कन भनिरहेको छ, अर्कोतर्फ ग्याँसको कृत्तिम अभाव भइरहेको छ ।

ग्याँस व्यवसायीले आपूर्तिमा केही कमी भएको र बजारमा उपभोग्य सामाग्री र इन्धन अभाव हुने हल्लाले उपभोक्ताले बढी संचित गर्नाले समस्या आएको बताइरहेका छन् । तर, विश्व बजारमा अत्याधिक उत्पादन हुँदा इन्धनको मूल्य ह्वात्तै घटेको छ । यस्तो अवस्थामा पनि कालोबजारी गर्न कृत्तिम अभाव सृजना गर्न थालिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?