विदेशबाट आउने यात्रुका लागि विमानस्थलमा स्वघोषणा कक्ष सञ्चालनमा

Shikharkhabar Shikharkhabar
|
आइतबार, श्रावण २८, २०८०
|
|
२० पटक हेरिएको
Shares
विदेशबाट आउने यात्रुका लागि विमानस्थलमा स्वघोषणा कक्ष सञ्चालनमा

सारांश

  • काठमाडौँ ।
  • त्रिभुवन विमानस्थल भन्सार कार्यालयले विदेशवाट आउने यात्रुका लागि स्वघोषणा कक्ष सञ्चालनमा ल्याएको छ ।
  • विदेशबाट फर्किएका यात्रुले मापदण्डभन्दा बढी सुन, गरगहना, विदेशी मुद्रा टेलिभिजन तथा मोबाइलफोन ल्याउने र स्वघोषणा नगरी बाहिरिँदा भन्सार छलीअनुसार कारबाहीको भागिदार हुने गरेका थिए ।

काठमाडौँ । त्रिभुवन विमानस्थल भन्सार कार्यालयले विदेशवाट आउने यात्रुका लागि स्वघोषणा कक्ष सञ्चालनमा ल्याएको छ । विदेशबाट फर्किएका यात्रुले मापदण्डभन्दा बढी सुन, गरगहना, विदेशी मुद्रा टेलिभिजन तथा मोबाइलफोन ल्याउने र स्वघोषणा नगरी बाहिरिँदा भन्सार छलीअनुसार कारबाहीको भागिदार हुने गरेका थिए ।

स्वघोषणा कक्ष सञ्चालनपछि यात्रुले आफूसँग भएको मालवस्तुको स्वयं घोषणा गर्न पाउने तथा बढी भएको सामानको भन्सार महसुल बुझाई सजिलै लैजान पाउने व्यवस्था गरिएको भन्सार विभागले जानकारी दिएको छ ।

सो अनुसार विदेशबाट आउने यात्रुले अध्यागमन कक्ष पार गरेपछि भन्सार एक्स–रे मेशिनमा पुग्नु अगावै स्वयम् घोषणाको सुविधा पाउने व्यवस्था गरिएको हो । विदेशबाट नेपाल फर्कने महिला यात्रुले अधिकतम ५० ग्रामसम्म र पुरुष यात्रुले अधिकतम २५ ग्रामसम्मको सुनको गहनामा भन्सार तिर्नु पर्दैन । साथै एकजना व्यक्तिले महिलाको हकमा ५० ग्राम र पुरुषको हकमा २५ ग्रामबाहेक थप दुई सय ग्रामसम्म सुनको गहना भन्सार बिन्दुमा महसुल तिरेर साथमा ल्याउन पाउने व्यवस्था छ । विमानस्थल भन्सार कार्यालयका प्रमुख डा टोकराज पाण्डेका अनुसार गहनाको आकार मात्रै दिएर बनाइएका बेरुवा औँठी, बाला, सिक्री जस्ता रसायन प्रयोग नगरिएका सुनलाई गहनाको मान्यता प्राप्त हुँदैन ।

मोबाइलको हकमा भने यात्रु आफूले प्रयोग गरिरहेको मोबाइल साथमा ल्याउँदा भन्सार तिर्नुपर्दैन । श्रम स्वीकृति लिएर लगातार छ महिनाभन्दा बढी विदेशमा काम गरी फर्केका यात्रुले आफ्नो साथमा थप एक थान मोबाइल भन्सार नतिरी ल्याउन पाउने कानुनी व्यवस्था रहेको प्रमुख पाण्डेले जानकारी दिए । उनका अनुसार यस्तो थप एक थान मोबाइलका लागि भन्सार कार्यालयमा घोषणा गरी भन्सार प्रक्रिया भने पूरा गर्नुपर्दछ ।

श्रम स्वीकृति लिई लगातार १२ महिना काम गरी फर्कने सामाजिक सुरक्षा कोषमा सूचीकृत भएको नेपाली यात्रुले जुनसुकै आकार वा प्रकारको टेलिभिजन साथमा ल्याउँदा भन्सार तिर्नु नपर्ने व्यवस्था छ । तर श्रम स्वीकृति लिई लगातार १२ महिना काम गरी फर्केको भए पनि सामाजिक सुरक्षा कोषमा सूचीकृत नभएका नेपाली यात्रुले भने ३२ इञ्चसम्मको टेलिभिजनमात्र भन्सार नतिरी साथमा ल्याउन पाउने व्यवस्था छ ।

अन्य अवस्थामा भने सबै टेलिभिजनमा नियमानुसारको महसुल भन्सारमा तिर्नुपर्ने व्यवस्था छ । यसैगरी पाँच हजार अमेरिकी डलरभन्दा बढी विदेशी मुद्रा हुने यात्रुले विमानस्थलमा स्वघोषणा गर्नु पर्दछ । रकम घोषणाको भने कुनै महसुल वा शुल्क बुझाउनु नपर्ने व्यवस्था छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बाबुरामबारे प्रचण्डको टिप्पणी : ‘ज्ञान भएको, बुद्धि नभएको मान्छे, अहिलेपनि तपाईको माया लाग्छ’
बाबुरामबारे प्रचण्डको टिप्पणी : ‘ज्ञान भएको, बुद्धि नभएको मान्छे, अहिलेपनि तपाईको माया लाग्छ’
धनुषामा राजपा र कांग्रेसलाई अन्तर्घातको डर
धनुषामा राजपा र कांग्रेसलाई अन्तर्घातको डर
वीरगञ्ज महानगरभित्रका विद्यालयमा बिहान १०:३० भित्रै पठनपाठन सक्नुपर्ने
वीरगञ्ज महानगरभित्रका विद्यालयमा बिहान १०:३० भित्रै पठनपाठन सक्नुपर्ने
प्रतितोला ३०० रुपैयाँले बढ्यो सुनको मूल्य
प्रतितोला ३०० रुपैयाँले बढ्यो सुनको मूल्य
दशैँकाे बेला काँग्रेस नेताले भने ‘नाकाबन्दी गर्छौ !’
दशैँकाे बेला काँग्रेस नेताले भने ‘नाकाबन्दी गर्छौ !’
नाट्टामा ६ भोटको हार–जित, पाण्डे बने अध्यक्ष
नाट्टामा ६ भोटको हार–जित, पाण्डे बने अध्यक्ष
बलिउडको सबैभन्दा धेरै बजेटमा बन्न लागेको फिल्ममा दीपिकाको ठाउँमा श्रद्धा कपूर
बलिउडको सबैभन्दा धेरै बजेटमा बन्न लागेको फिल्ममा दीपिकाको ठाउँमा श्रद्धा कपूर
चट्याङले बागलुङको निसीखोला जलविद्युत् आयोजनामा क्षति
चट्याङले बागलुङको निसीखोला जलविद्युत् आयोजनामा क्षति
यु–१९ विश्वकप : नेपाल न्युजिल्यान्डसँग ६४ रनले पराजित
यु–१९ विश्वकप : नेपाल न्युजिल्यान्डसँग ६४ रनले पराजित
खेल क्षेत्रमा सानो उमेरमा ठूलो सफलता…
खेल क्षेत्रमा सानो उमेरमा ठूलो सफलता…

तपाईंले छुटाउनुभयो कि?