‘चिफ साब’ काे नाममा असुल्दै यी उपरथी ‘साब’, जर्नेलको असुलीले बदनाम हुँदै फास्ट ट्रयाक,

Shikharkhabar Shikharkhabar
|
सोमबार, श्रावण २८, २०७५
|
|
२१ पटक हेरिएको
Shares
‘चिफ साब’ काे नाममा असुल्दै यी उपरथी  ‘साब’, जर्नेलको असुलीले बदनाम हुँदै फास्ट ट्रयाक,

सारांश

  • काठमाडौं, २७ साउन।
  •   नेपाली सेनामाथि संस्थागत भ्रष्टाचारको आरोप लाग्दै आएको छ।
  • गत बिहीबारदेखि सेनाको कमान्ड पूर्णचन्द्र थापाले त्यो आरोप गलत साबित गरेर सेनाको छवी सुधार्ने अपेक्षा धेरैले गरेका छन्।

काठमाडौं, २७ साउन।  नेपाली सेनामाथि संस्थागत भ्रष्टाचारको आरोप लाग्दै आएको छ। गत बिहीबारदेखि सेनाको कमान्ड पूर्णचन्द्र थापाले त्यो आरोप गलत साबित गरेर सेनाको छवी सुधार्ने अपेक्षा धेरैले गरेका छन्।  तर, अचम्म के छ भने सेनामा उनको नाममा पैसा असुली सुरु भइसकेको छ। फास्ट ट्रयाक आयोजनामा यस्तो असुली सुरु भएको हो। आयोजना हेर्ने जिम्मेवारी पाएका उपरथी योगेन्द्रबहादुर खाँडले कामु प्रधानसेनापति थापाको नाममा ठेकदारहरुसँग पैसा माग्न थालेका हुन्।

आयोजनामा यसअघि खाँडले सेटिङका आधारमा ठेक्काहरु दिएका थिए। कुनै समस्या बिना काम जारी राख्ने हो भने नयाँ चिफसाबलाई बुझाउनुपर्ने भन्दै कुँवरले थप कमिसन मागेको फास्ट ट्रयाक निर्माणको ठेक्का पाएकामध्ये एक निर्माण व्यवसायी बताउँछन्। दृष्टि साप्ताहिक का अनुसार  उपरथी खाँड सेनाका सबैभन्दा बदनाम अधिकृतका रुपमा चिनिन्छन्। मस्त कमाउने र सबैतिर सेटिङ मिलाउन उनी खप्पिस छन्। त्यसकारण नयाँ प्रधान सेनापतिलाई पनि हात लिएर आयोजना प्रमुखमै बसेर अकावशको मुखमा करोडौं कमाउने दाउमा उनी लागेका छन्। उनले ठेकदारहरुसँग कामु प्रधानसेनापतिको नाममा पैसा असुलेको कुरा कतिपय अधिकारीले चाल भइसकेका छन्। जसलाई धेरैले आश्चर्यका साथ हेरेका छन्।

पैसा नदिने ठेकदारहरुलाई उनले अनेक दुःख दिने गरेका छन्। पहिले नै कमिसन दिएपछि मात्र आफुले ठेक्का पाएको एक निर्माण व्यवसायी बताउँछन्। अझ रमाइलो कुरा त डिल नमिलेर कतिपय ठेक्काहरु अझै निर्णय गरिएका छैनन्। त्यसको मुख्य कारण मोलतोल नै भएको स्रोत बताउँछ। जबकी ठेक्का प्रक्रिया सुरु भएको ६ महिना भइसकेको छ। ४ वर्षभित्र निर्माण सम्पन्न गर्नका लागि सरकारले महत्वपूर्ण प्रोजेक्ट सेनालाई दिएको हो।   सेनाले समयमै गुणस्तरीय ढंगले काम गरे यो प्रोजेक्टले सेनाको छवी राम्रो हुने सम्भावना पनि छ। तर, उपरथी खाँड जस्ता अधिकारीहरु सेनालाई बदनाम गराएर मस्त कमाउने खेलमा लागेका छन्।
उनी जस्ता अधिकारीलाई समयमै कारबाही नगरे कामु प्रधानसेनापति थापा आफैं पनि बदनाम हुने चर्चा जंगी अड्डामा सुरु भइसकेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?