अब बन्ने वाम गठबन्धनको सरकारले विकासको गति लिन्छ :अध्यक्ष प्रचण्ड

Shikharkhabar Shikharkhabar
|
आइतबार, मंसिर १७, २०७४
|
|
२६ पटक हेरिएको
Shares
अब बन्ने वाम गठबन्धनको सरकारले विकासको गति लिन्छ :अध्यक्ष प्रचण्ड

सारांश

  • चितवन, १६ मंसिर ।
  • नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वाम गठबन्धनको सरकारले विकासको गति लिने बताउनुभएको छ ।
  •   अहिलेसम्म राजनीतिक अस्थिरताका कारण विकासका कामले फड्को मार्न नसकेको भन्दै उहाँले अबको सरकार बलियो सरकार हुने र विकासको कामले गति लिने बताउनुभयोे ।

चितवन, १६ मंसिर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वाम गठबन्धनको सरकारले विकासको गति लिने बताउनुभएको छ ।

 

अहिलेसम्म राजनीतिक अस्थिरताका कारण विकासका कामले फड्को मार्न नसकेको भन्दै उहाँले अबको सरकार बलियो सरकार हुने र विकासको कामले गति लिने बताउनुभयोे ।

उद्योग वाणिज्य संघ चितवनले यहाँ आज आयोजना गरेको समग्र चितवनको ‘आर्थिक विकासका लागि सम्भावना र अवसर’ विषयक अन्तक्र्रिया कार्यक्रममा उहाँले चितवन भौगोलिक हिसाब र पर्यटकीय हिसाबले सम्भावना बोकेको जिल्ला भएकाले यसको विकासका लागि निजी र सार्वजनिक साझेदारी अघि बढाउँदै विकास गर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “जिल्लाको विकासका लागि ठूलो आकांक्षा बोकेर आएको छु सबै मिलेर मूर्तरुप दिनुपर्नेछ ।” अबको सरकारले उद्योग व्यवसायमैत्री उद्योग नीति ल्याएर देशको विकासमा औद्योगिक क्षेत्रको महत्वपूर्ण भूमिका दिने विश्वास व्यक्त गर्नुभयो ।

देशको समृद्धि र विकासका लागि चितवनबाट सुरुआत गर्ने बताउँदै उहाँले समृद्ध राष्ट्रको विकल्प नभएको बताउनुभयो ।

संविधान कार्यान्वयनको अन्तिम चरणमा रहेको भन्दै अध्यक्ष दाहालले भन्नुभयो, “देशको विकासका लागि अब हामी समाजवादको नयाँ मोडलबाट जानुको विकल्प छैन ।” उहाँले राजनीतिक अस्थिरताको अन्त्यका लागि अहिलेको गठबन्धन महत्वपूर्ण रहेको बताउनुभयो ।

निर्वाचनको समयमा विचार, आस्थाका कारण भिन्नभिन्न भएको भन्दै अध्यक्ष दाहालले राष्ट्रिय मुद्दामा सबै शक्तिसँग छलफल गरेर अघि बढ्ने बताउनुभयो ।

अहिलेको समय भनेको विकास र समृद्धिबाट देशलाई अघि बढाउने समय रहेको बताउँदै उहाँले त्यसको सुरुआत चितवनबाट गर्ने बताउनुभयो ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Sudan Karki

    Hawa kura nagarm ta..aba pashupati aaryaghatma lane gati chahi vako x

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?