पोखराबाट पनि शुरु भयो श्रम स्वीकृति

Shikharkhabar Shikharkhabar
|
बिहिबार, पौष २६, २०७५
|
|
२८ पटक हेरिएको
Shares
पोखराबाट पनि शुरु भयो श्रम स्वीकृति

सारांश

  • काठमाडौं।
  • वैदेशिक रोजगार विभागले शाखा कार्यालय ताहाचलबाट मात्र वैदेशिक रोजगारीका लागि जाने श्रमिकका हकमा प्रदान गर्दै आइरहेको श्रम स्वीकृति सरकारले सातैवटा प्रदेश मार्फत उपलब्ध गराउने तयारी गरेकाके छ।
  • व्यक्तिगत तथा पुनः श्रम स्वीकृतिको काम जनकपुर र बुटवलबाट सुरु भइसकेको छ भने पोखराबाट पनि बिहीबारदेखि शुरु भएको छ।

काठमाडौं। वैदेशिक रोजगार विभागले शाखा कार्यालय ताहाचलबाट मात्र वैदेशिक रोजगारीका लागि जाने श्रमिकका हकमा प्रदान गर्दै आइरहेको श्रम स्वीकृति सरकारले सातैवटा प्रदेश मार्फत उपलब्ध गराउने तयारी गरेकाके छ।

व्यक्तिगत तथा पुनः श्रम स्वीकृतिको काम जनकपुर र बुटवलबाट सुरु भइसकेको छ भने पोखराबाट पनि बिहीबारदेखि शुरु भएको छ।

विभागले पोखराको श्रम तथा रोजगार कार्यालय सहिद चोकबाट व्यक्तिगत तथा पुनः श्रम स्वीकृति सेवा शुरु गरेको हो।

वैदेशिक रोजगारमा जाने नेपाली श्रमिकले श्रम स्वीकृति लिन घण्टौँ लाईन बस्नुपर्ने समस्यालाई मध्य नजर गर्दै सेवाग्राहीको सहजताका लागि सातैवटा प्रदेशबाट श्रम स्वीकृतिको काम सुचारु गरिने मन्त्रालयले बताउँदै आएको छ।

बिहीबार श्रम कार्यालय सहिदचोकबाट सेवाको उद्घाटन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले गरे । सो अवसरमा श्रम सचिव महेशप्रसाद दाहाल पनि पोखरा पुगेका थिए । त्यस्तै बिहीबारदेखि पोखरामा प्रधानमन्त्री रोजागर कार्यक्रमका सन्दर्भमा गण्डकी प्रदेशको प्रदेश र स्थानीय तहसँग २ दिने अन्तक्रियात्मक गोष्ठी समेत आयोजना हुने मन्त्री विष्टका प्रेस संयोजक मदन खनालले बताए।

(veroinn.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?