प्रचण्ड र मोदीबीच भेटवार्ता : सगरमाथाको पानी मिनरल वाटरको रुपमा विश्वभरि लैजान सहकार्य
सारांश
- काठमाडौं ।
- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ ।
- भारत भ्रमणमा गएका प्रचण्डले शनिबार दिउँसो मोदीसँग भेटगरी नेपाल फर्केका हुन ।
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ ।
भारत भ्रमणमा गएका प्रचण्डले शनिबार दिउँसो मोदीसँग भेटगरी नेपाल फर्केका हुन । मोदीसँगको भेटमा पछिल्लो समयमा नेपाल र भारतका प्रधानमन्त्री भ्रमणका क्रममा भएका सहमतिका विषयमा छलफल भएको थियो । भेटमा दुई देशको आपसी हित र विकास निर्माणबारे छलफल भएको बताइएको छ।
सगरमाथाको पानीलाई मिनरल वाटरको रुपमा विश्वभरि लैजान सहकार्य गर्नेबारे समेत कुराकानी भएको प्रचण्डको निजी सचिवालयले जारी गरेको प्रेस वक्तव्यमा उल्लेख छ । त्यसैगरी नेपाल र भारतमा भएका शक्तिपीठहरुको एक वृहत्तर सर्किट बनाउने विषयमा समेत छलफल भएको जनाइएको छ ।
प्रचण्डले आफू प्रधानमन्त्रीका रुपमा भ्रमणमा आउँदा भएका सहमतिहरु पनि स्मरण गराएका छन् । ‘कास्कीमा पोलिटेक्निकल इस्टिच्युट स्थापना गर्न भारत सरकारले सहयोग गर्ने भन्ने बिषयमा पनि कुराकानी भएको छ’ प्रेस नोटमा भनिएको छ ।
दुई देशको आपसी हितलाई सुधार्ने लगायतका बिषयमा छलफल भएको थियो । अध्यक्ष प्रचण्ड प्रधानमन्त्री भएर भारत गएका बेला भएका सहमतिमा कास्की जिल्लामा पोलिटेक्निकल इस्टिच्युट स्थापनामा भारत सरकारले सहयोग गर्ने भन्ने बिषयमा पनि ठोसरुपमा कुराकानी भएको बताइएको छ । दुबै नेताहरुबीच झण्डै एक घण्टा भएको छलफल सकारात्मक र सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको थियो ।
समग्रमा दुई देशको आपसी सम्बन्धलाई नयाँ उचाईमा उठाउने प्रतिबद्धता र संकल्पको साथ छलफल टुंगिएको थियो । पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले शनिबार नै भारतीय विदेश मन्त्री सुषमा स्वराज र भारतीय कांग्रेसका नेता तथा पूर्वप्रधानमन्त्री मनमोहन सिंहसँग भेट गरेका छन् ।
प्रतिक्रिया